काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस् अवार्डमा यस वर्षदेखि ‘राइजिङ प्लेयर अफ दी इयर’ विधा थप गरिने भएको छ।
स्काई ब्रान्ड नेपालले प्रायोजन गर्ने यस विधामा महिला र पुरूष गरी एक-एक खेलाडीलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिने एनएनआईपीएले जनाएको छ। उक्त विधाको पुरस्कार राशी समान ५०-५० हजार रूपैयाँ रहने छ।
यस विधाका लागि स्काई ब्रान्ड नेपालले एनएनआईपीएलाई बार्षिक एक लाख रूपैयाँ नगद उपलब्ध गराउने छ। स्काई ब्रान्ड नेपाल र एनएनआईपीएबीचको सम्झौता अवधि पाँच वर्ष रहेको संघले जनाएको छ।
एनएनआईपीएको सर्वोत्कृष्ट महिला र पुरूष खेलाडी विधामा जनता बैंकले दुई लाख रूपैयाँ प्रायोजन गर्दै आएको छ। त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीका लागि एभरेष्ट तेक्वान्दोले एक लाख रूपैयाँ प्रायोजन गर्दै आएको छ।
अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गर्दै आएको छ। सम्बन्धित संघ र एनएनआईपीएको सहकार्यमा यी उत्कृष्ट खोलडीले समान १० हजार रूपैयाँ प्राप्त गर्छन्।
सोही अवार्ड समारोहमा एक जनालाई खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेलकुद पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट सम्मान गरिन्छ।
सम्झौता कार्यक्रमअघि स्काई फिटको औपचारिक उद्घाटन गरिएको थियो। पाँच महिला खेलाडी करातेकी अनु अधिकारी, फुटबलकी अनिता बस्नेत, भलिबलकी रेश्मा भण्डारी, उसुकी निमा घर्ती मगर र ब्याडमिन्टनकी रशिला महर्जनले संयुक्त उद्घाटन गरेका थिए। सोही अवसरमा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय निर्णायक दीपक थापाले स्काई फिटको वेभ पोर्टल पनि उद्घाटन गरेका थिए।
" /> काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस् अवार्डमा यस वर्षदेखि ‘राइजिङ प्लेयर अफ दी इयर’ विधा थप गरिने भएको छ।स्काई ब्रान्ड नेपालले प्रायोजन गर्ने यस विधामा महिला र पुरूष गरी एक-एक खेलाडीलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिने एनएनआईपीएले जनाएको छ। उक्त विधाको पुरस्कार राशी समान ५०-५० हजार रूपैयाँ रहने छ।

">