काठमाडौं। अर्जेन्टिनाका फरवार्ड लियोनल मेसीले क्लबबाट ७ सयौं खेलमा गोल गरेको दिन बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डविरुद्ध ३–१ को नतिजा निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ।

च्याम्पियन्स लिगमा मेसीको यो १ सय १४ औं गोल हो। क्याटलान क्लबका लागि मेसीबाहेक लुइस स्वारेज, र एन्टोइनग्रिजमनले पनि गोल गरे। मेसीले गएराति घरेलु मैदानमा ८ यार्डबाट वायाँ खुट्टाले गोल गर्दै क्लबबाट ६ सय १३ गोल आफ्नो नाममा लेखाए।

मेसीको पासमा स्वारेजले गोल गर्दै २९औं मिनेटमा बार्सिलोनालाई अग्रता दिए। त्यसको चार मिनेट वित्न नपाउँदै स्वारेजकै पासमा मेसीले अग्रता दोब्बर बनाए। ग्रिजमनले ६७औं मिनेटमा गरेको गोलमा पनि मेसी सहयोगी बने।

च्याम्पियन्स लिगमा बार्सिलोनाको यो १ सय ४९औं जित हो। स्पेनकै अर्को क्लब रियल मड्रिडले मात्र बार्सिलोनाभन्दा धेरै (१ सय ५८) खेल जितेको छ।

जडोन सान्चोले ७७औं मिनेटमा गोल गरे पनि भ्रमणकारी डर्टमण्डलाई पूनरागमनका लागि ढिला भइसकेको थियो। ३–१ को नतिजासँगै बार्सिलोनाले समूह ‘एफ’बाट विजेता बन्दै अन्तिम १६ मा स्थान बनायो। बार्सिलोना २००७–०८ को सिजनपछि लगातार समूह विजेता बन्न सफल भएको छ।

पराजित भएपनि डर्टमण्डको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ। ५ खेलबाट ७ अंक बटुलेको डर्टमण्ड तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको इन्टर मिलानको पनि समान ७ अंक छ। इन्टरले अब बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ भने डर्टमण्डले स्लाभिया प्रागुएविरुद्ध खेल्नेछ।

गएराति नै इन्टर मिलानले स्लाभियाप्रागुएलाई ३–१ ले हराएको हो। इन्टरको जितमा लउटारो मार्टिनेजले २ र रोमेलो लुकाकुले १ गोल गरेका थिए। ३५औं मिनेटमा लुकाकुले गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएन। प्रागुएका लागि टोमास सोउककले पेनाल्टीमा गोल गरेका थिए।

" /> काठमाडौं। अर्जेन्टिनाका फरवार्ड लियोनल मेसीले क्लबबाट ७ सयौं खेलमा गोल गरेको दिन बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डविरुद्ध ३–१ को नतिजा निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ।

च्याम्पियन्स लिगमा मेसीको यो १ सय १४ औं गोल हो। क्याटलान क्लबका लागि मेसीबाहेक लुइस स्वारेज, र एन्टोइनग्रिजमनले पनि गोल गरे। मेसीले गएराति घरेलु मैदानमा ८ यार्डबाट वायाँ खुट्टाले गोल गर्दै क्लबबाट ६ सय १३ गोल आफ्नो नाममा लेखाए।

मेसीको पासमा स्वारेजले गोल गर्दै २९औं मिनेटमा बार्सिलोनालाई अग्रता दिए। त्यसको चार मिनेट वित्न नपाउँदै स्वारेजकै पासमा मेसीले अग्रता दोब्बर बनाए। ग्रिजमनले ६७औं मिनेटमा गरेको गोलमा पनि मेसी सहयोगी बने।

च्याम्पियन्स लिगमा बार्सिलोनाको यो १ सय ४९औं जित हो। स्पेनकै अर्को क्लब रियल मड्रिडले मात्र बार्सिलोनाभन्दा धेरै (१ सय ५८) खेल जितेको छ।

जडोन सान्चोले ७७औं मिनेटमा गोल गरे पनि भ्रमणकारी डर्टमण्डलाई पूनरागमनका लागि ढिला भइसकेको थियो। ३–१ को नतिजासँगै बार्सिलोनाले समूह ‘एफ’बाट विजेता बन्दै अन्तिम १६ मा स्थान बनायो। बार्सिलोना २००७–०८ को सिजनपछि लगातार समूह विजेता बन्न सफल भएको छ।

पराजित भएपनि डर्टमण्डको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ। ५ खेलबाट ७ अंक बटुलेको डर्टमण्ड तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको इन्टर मिलानको पनि समान ७ अंक छ। इन्टरले अब बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ भने डर्टमण्डले स्लाभिया प्रागुएविरुद्ध खेल्नेछ।

गएराति नै इन्टर मिलानले स्लाभियाप्रागुएलाई ३–१ ले हराएको हो। इन्टरको जितमा लउटारो मार्टिनेजले २ र रोमेलो लुकाकुले १ गोल गरेका थिए। ३५औं मिनेटमा लुकाकुले गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएन। प्रागुएका लागि टोमास सोउककले पेनाल्टीमा गोल गरेका थिए।

"> बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा : Dekhapadhi
बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा
काठमाडौं। अर्जेन्टिनाका फरवार्ड लियोनल मेसीले क्लबबाट ७ सयौं खेलमा गोल गरेको दिन बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डविरुद्ध ३–१ को नतिजा निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ।

च्याम्पियन्स लिगमा मेसीको यो १ सय १४ औं गोल हो। क्याटलान क्लबका लागि मेसीबाहेक लुइस स्वारेज, र एन्टोइनग्रिजमनले पनि गोल गरे। मेसीले गएराति घरेलु मैदानमा ८ यार्डबाट वायाँ खुट्टाले गोल गर्दै क्लबबाट ६ सय १३ गोल आफ्नो नाममा लेखाए।

मेसीको पासमा स्वारेजले गोल गर्दै २९औं मिनेटमा बार्सिलोनालाई अग्रता दिए। त्यसको चार मिनेट वित्न नपाउँदै स्वारेजकै पासमा मेसीले अग्रता दोब्बर बनाए। ग्रिजमनले ६७औं मिनेटमा गरेको गोलमा पनि मेसी सहयोगी बने।

च्याम्पियन्स लिगमा बार्सिलोनाको यो १ सय ४९औं जित हो। स्पेनकै अर्को क्लब रियल मड्रिडले मात्र बार्सिलोनाभन्दा धेरै (१ सय ५८) खेल जितेको छ।

जडोन सान्चोले ७७औं मिनेटमा गोल गरे पनि भ्रमणकारी डर्टमण्डलाई पूनरागमनका लागि ढिला भइसकेको थियो। ३–१ को नतिजासँगै बार्सिलोनाले समूह ‘एफ’बाट विजेता बन्दै अन्तिम १६ मा स्थान बनायो। बार्सिलोना २००७–०८ को सिजनपछि लगातार समूह विजेता बन्न सफल भएको छ।

पराजित भएपनि डर्टमण्डको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ। ५ खेलबाट ७ अंक बटुलेको डर्टमण्ड तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको इन्टर मिलानको पनि समान ७ अंक छ। इन्टरले अब बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ भने डर्टमण्डले स्लाभिया प्रागुएविरुद्ध खेल्नेछ।

गएराति नै इन्टर मिलानले स्लाभियाप्रागुएलाई ३–१ ले हराएको हो। इन्टरको जितमा लउटारो मार्टिनेजले २ र रोमेलो लुकाकुले १ गोल गरेका थिए। ३५औं मिनेटमा लुकाकुले गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएन। प्रागुएका लागि टोमास सोउककले पेनाल्टीमा गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्