एजेन्सी। टोटेनह्यामका स्टार फरवार्ड ह्यारी केनले सिजनको सनसनीपूर्ण सुरूआत गरेपछि प्रशिक्षक जोजे माउरिन्होको नेतृत्वमा आफ्नो टोली सफलता हासिल गर्नका लागि बलियो अवस्थामा पुगेको बताएका छन्।
सन् २००८ मा लिगकप जितेयता टोटेनह्यामले कुनै उपाधि जित्न सकेको छैन। तर २०१९ मा माउरिसियो पोचेटिन्होको नेतृत्वमा टोलीले च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा भने तय गरेको थियो। यसैगरी २०१६ मा प्रिमियर लिगको उपाधिका लागि पूरा सिजनभर लेस्टर सिटीसँग प्रतिस्पर्धा गरे पनि टोटेनह्यामले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो।
च्याम्पियन प्रशिक्षकका रूपमा आफूलाई स्थापित गरिसकेका माउरिन्होले २०१९ को नोभेम्बरमा पोचेटिन्होलाई स्थानान्तरण गर्दै टोटेनह्यामको नेतृत्व सम्हालेका थिए। प्रशिक्षकका रूपमा यसपालिको सिजन सुरू गर्दा माउरिन्होको नेतृत्वमा टोटेनह्याम आठ खेलको समाप्तीमा पाँच जित दुई बराबर र एक हारको नतिजासहित दोस्रो स्थानमा छ।
“जोजेको साथले टीममा आत्मविश्वास बढेको छ। उनी च्याम्पियन प्रशिक्षक हुन्। उनलाई जित्ने बानी छ। हामीलाई त्यसैको आवश्यकता थियो।”
“हामीले सिजनको सुरूआत निक्कै प्रभावकारी तरिकाले गरेका छौं। यसका बाबजुद हामीले खेलका हरेक पक्षमा सुधार गर्नुपर्ने धेरै कुरा छन्,” केनले टोटेनह्यामको स्पर्स टिभीलाई भनेका छन्, “पक्कै पनि लामो सिजनको भर्खर सुरूआत मात्र भएको छ। तर पनि हामीले यात्राको मज्जा लिइरहेका छौं। सुरूआत राम्रो भएकाले हामी यसपालि केही न केही हासिल गर्न सक्ने छौं भन्नेमा विश्वस्त छौं।”
टोटेनह्याममा राम्रा खेलाडीको समूह पछिल्ला वर्षहरूमा सधैँ भए पनि यसपालि माउरिन्हो जस्ता जित्ने बानी लागेका प्रशिक्षकको साथ पाएकाले आफू आशावादी रहेको उनको भनाइ थियो।
“जोजेको साथले टीममा आत्मविश्वास बढेको छ। उनी च्याम्पियन प्रशिक्षक हुन्। उनलाई जित्ने बानी छ। हामीलाई त्यसैको आवश्यकता थियो,” केनले थपे।
" /> एजेन्सी। टोटेनह्यामका स्टार फरवार्ड ह्यारी केनले सिजनको सनसनीपूर्ण सुरूआत गरेपछि प्रशिक्षक जोजे माउरिन्होको नेतृत्वमा आफ्नो टोली सफलता हासिल गर्नका लागि बलियो अवस्थामा पुगेको बताएका छन्।सन् २००८ मा लिगकप जितेयता टोटेनह्यामले कुनै उपाधि जित्न सकेको छैन। तर २०१९ मा माउरिसियो पोचेटिन्होको नेतृत्वमा टोलीले च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा भने तय गरेको थियो। यसैगरी २०१६ मा प्रिमियर लिगको उपाधिका लागि पूरा सिजनभर लेस्टर सिटीसँग प्रतिस्पर्धा गरे पनि टोटेनह्यामले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो।

">