काठमाडौं। अर्टुरो भिडालले गरेको दुई गोलमा चिलीले आज फिफा विश्वकप छनोट प्रतियोगितामा पेरूलाई २-० ले पराजित गरेको छ।
चिलीले घरेलु मैदानमा भिडालको गोलबाट २०औं मिनेटमा अग्रता लियो। भिडालले जिन मेनेसको पासमा झन्डै ३० यार्डबाट हानेको लामो प्रहारलाई पेरूका गोलकिपर पेड्रो गालेसले ठम्याउन सकेनन्।
त्यसको १५ मिनेट नबित्दै भिडालले ६ यार्ड बक्सबाट हेडमार्फत् गोल गर्दै अग्रता दोब्बर बनाए।
जितसँगै तीन खेलबाट चार अंक जोडेको चिली छैटौं स्थानमा छ। समान खेलबाट एक अंक जोडेको पेरू आठौं स्थानमा छ।
पेरूले अब बुधबार अर्जेन्टिनासँग र चिलीले भेनेजुएलाविरूद्ध प्रतिस्पर्धा गर्ने छन्।
" /> काठमाडौं। अर्टुरो भिडालले गरेको दुई गोलमा चिलीले आज फिफा विश्वकप छनोट प्रतियोगितामा पेरूलाई २-० ले पराजित गरेको छ।चिलीले घरेलु मैदानमा भिडालको गोलबाट २०औं मिनेटमा अग्रता लियो। भिडालले जिन मेनेसको पासमा झन्डै ३० यार्डबाट हानेको लामो प्रहारलाई पेरूका गोलकिपर पेड्रो गालेसले ठम्याउन सकेनन्।

">