काठमाडौं। लिभरपुलका फरवार्ड मोहम्मद सालाह कोरोना भाइरस संक्रमित भएका छन्। अन्तर्राष्ट्रिय खेलका लागि इजिप्टमा रहेका सालाहको कोरोना भाइरस परीक्षणको नतिजा पोजिटिभ आएको हो।
इजिप्ट फुटबल संघले शुक्रबार २८ वर्षीय सालाहको कोरोना भाइरस परीक्षणको नतिजा पोजिटिभ आएको तर उनमा कुनै लक्षण नदेखिएको जनाएको छ। संघले सालाहको दोस्रो परीक्षण पनि गर्ने जनाएको छ।
इजिप्ट टीममा अन्य सदस्यको भने नतिजा नेगेटिभ आएको जनाइएको छ। सालाह अहिले सेल्फ आइसोलेसनमा बसेका छन्।
अफ्रिका कप नेसन्सको छनोट प्रतियोगितामा इजिप्टले शनिबार टोगोलाई आथित्यता प्रदान गर्नेछ भने मंगलबार इजिप्ट टोगो भ्रमणमा निस्कनेछ।
सालाहले लिभरपुलबाट पनि अबको दुई खेल गुमाउने भएका छन्। लिभरपुरले २२ नोभेम्बरमा प्रिमियर लिगमा लेस्टर सिटीलाई घरमा बोलाउने छ। त्यस्तै २५ नोभेम्बरमा हुने च्याम्पियन्स लिगका लागि एटलान्टालाई आथित्यता प्रदान गर्नेछ।
सालाहले लिभरपुलबाट प्रिमियर लिगका सबै आठमा पहिलो रोजाइमा खेलेका थिए। उनले जारी सिजन आठ गोल गरिसकेका छन्।
" /> काठमाडौं। लिभरपुलका फरवार्ड मोहम्मद सालाह कोरोना भाइरस संक्रमित भएका छन्। अन्तर्राष्ट्रिय खेलका लागि इजिप्टमा रहेका सालाहको कोरोना भाइरस परीक्षणको नतिजा पोजिटिभ आएको हो।इजिप्ट फुटबल संघले शुक्रबार २८ वर्षीय सालाहको कोरोना भाइरस परीक्षणको नतिजा पोजिटिभ आएको तर उनमा कुनै लक्षण नदेखिएको जनाएको छ। संघले सालाहको दोस्रो परीक्षण पनि गर्ने जनाएको छ।

">