काठमाडौं। रोबर्टो फिर्मिनोको गोलमा ब्राजिलले आज फिफा विश्वकप छनोट प्रतियोगितामा भेनेजुयलालाई १-० ले पराजित गरेको छ। जितसँगै ब्राजिलले प्रतियोगितामा शतप्रतिशत नतिजालाई कायम राखेको छ।
ब्राजिललाई घरेलु मैदानमा जिताउन लिभरपुलका फरवार्ड फिर्मिनोले ६७औं मिनेटमा गरेको गोल पर्याप्त भयो। एभर्टन रिबेरियोले दायाँ भागबाट गरेको क्रसलाई भनेजुयलाका रक्षक योर्डन ओसोरियोले राम्रोसँग क्लियर गर्न नसक्दा प्राप्त बललाई फिर्मिनोले पोस्टको दिशा दिएका थिए।
जितसँगै ब्राजिल शीर्ष स्थानमा उक्लिएको छ। ब्राजिलले तीन खेलबाट नौ अंक जोडेको छ। तीन खेलबाट सात अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ। तीन खेलमा अंक जोड्न नसेकेको भेनेजुयला नवौं स्थानमा छ।
ब्राजिलले अब बुधबार उरूग्वेसँग प्रतिस्पर्धा गर्ने छ। भनेजुयलाले भने बुधबारै चिलीविरुद्ध खेल्ने छ।
" /> काठमाडौं। रोबर्टो फिर्मिनोको गोलमा ब्राजिलले आज फिफा विश्वकप छनोट प्रतियोगितामा भेनेजुयलालाई १-० ले पराजित गरेको छ। जितसँगै ब्राजिलले प्रतियोगितामा शतप्रतिशत नतिजालाई कायम राखेको छ।ब्राजिललाई घरेलु मैदानमा जिताउन लिभरपुलका फरवार्ड फिर्मिनोले ६७औं मिनेटमा गरेको गोल पर्याप्त भयो। एभर्टन रिबेरियोले दायाँ भागबाट गरेको क्रसलाई भनेजुयलाका रक्षक योर्डन ओसोरियोले राम्रोसँग क्लियर गर्न नसक्दा प्राप्त बललाई फिर्मिनोले पोस्टको दिशा दिएका थिए।

">