मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध नेपाल २-० ले पछाडि
काठमाडौं। बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पछाडी परेको छ।

बंगबंधु रंगशालामा १०औं मिनेटमा मोहम्मद नबिब नवाज जिबानले पेनाल्टी एरिया भित्रबाट ट्याप इनमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफ १-० को नतिजामा टुङ्गिएको खेलको ८०औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका मबुबर रहमानले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारे।

त्यसअघि मोहम्मद साद उद्दिनले ३२औं मिनेटमा दायाँ तर्फबाट गरेको क्रसमा जिबानले गरेको प्रहार फ्रेममा परेन। ३५औं मिनेटमा १८ यार्ड बक्स नजिकबाट अञ्जन विष्टले दिएको पासमा रवि पासवन अफसाइड भएका थिए।

अञ्जन विष्टले ३९औं मिनेटमा गरेको प्रहार बंगलादेशका गोलकिपर अनिसुर रहमानले सहज बचाउ गरेका थिए। पहिलो हाफको खेल सकिन पाँच मिनेट बाँकी रहँदा नेपालका भरपर्दा मिडफिल्डर बिक्रम लामा घाइते भएर मैदानबाट बाहिरिएका थिए। उनको स्थानमा डेब्युट्यान्ट एरिक विष्ट मैदान प्रवेश गरे।

५६औं मिनेटमा रवि पासवनले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार विपक्षी खेलाडीलाई लागेर बाहिरिएको थियो।

वैकल्पिक खेलाडी रूपमा मैदान प्रवेश गरेका भरत खवासले ७३औं मिनेट ६ यार्ड बक्स भित्रबाट प्रहार गरेको हेडर क्रसबारमाथिबाट बाहिरियो।

त्यस्तै ७८औं मिनेटमा अनन्त तामाङले हेडरमार्फत गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो।

नेपालले विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटका खेलेका चारमध्ये एक खेलमा जित निकालेको थियो भने तीन खेलमा पराजय भोगेको थियो।

त्यस्तै बंगलादेशले पनि समान चार खेल खेलको र ती सबैमा पराजित भएको थियो। नेपाल र बंगलादेशबीच नोभेम्बर १७ मा पनि अर्को मैत्रीपूर्ण खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्