पहिलो हाफमा नेपालविरुद्ध बंगलादेश १-० ले अगाडि
काठमाडौं। नेपालविरुद्ध जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा बंगलादेशले १-० को अग्रता लिएको छ।

बंगबंधु रंगशालामा जारी खेलको १०औं मिनेटमा मोहम्मद नबिब नवाज जिबानले पेनाल्टी एरिया भित्रबाट ट्याप इनमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा पहिलो हाफ १-० को अवस्थामा टुङ्गिएको हो। सुरुआती ३० मिनेटसम्म सट अन टार्गेट राख्न असफल रहेको नेपालले गोलका लागि सुन्दर मौका बनाउन सकेको थिएन।

मोहम्मद साद उद्दिनले ३२औं मिनेटमा दायाँ तर्फबाट गरेको क्रसमा जिबानले गरेको प्रहार फ्रेममा परेन। ३५औं मिनेटमा १८ यार्ड बक्स नजिकबाट अञ्जन विष्टले दिएको पासमा रवि पासवन अफसाइड भएका थिए।

अञ्जन विष्टले ३९औं मिनेटमा गरेको प्रहार बंगलादेशका गोलकिपर अनिसुर रहमानले सहज बचाउ गरेका थिए। पहिलो हाफको खेल सकिन पाँच मिनेट बाँकी रहँदा नेपालका भरपर्दा मिडफिल्डर बिक्रम लामाको स्थानमा एरिक विष्ट मैदान प्रवेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्