कतार फन्ड फर डेभलपमेन्टका प्रतिनिधिद्वारा दशरथ रंगशाला अवलोकन

काठमाडौं। कतार फन्ड फर डेभलपमेन्टका प्रतिनिधिले गएराति त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको अवलोकन गरेका छन्।

कतारबाट आएका प्रतिनिधिहरु मासमेर फ्रङगे, रिम अल सुलाइती, यौसुफ अल सदा, नुरा खालिदलगायत थिए। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १० बजेतिर १३औं दक्षिण एशियाली खेलकुद (साग) हुने दशरथ रंगशालाको अवलोकन गराएका हुन्।

१५ मंसीरबाट प्रतियोगिता शुभारम्भ हुने भए पनि अझै रंगशाला पूर्ण रुपमा तयार भइसकेको छैन। रंगशालामा प्रतियोगिताको उद्घाटन तथा समापन समारोहका साथै पुरुष फुटबल र एथ्लेटिक्सका खेलहरु हुनेछन्।

त्यसअघि सदस्य–सचिव सिलवाल र डेभलपमेन्टका प्रतिनिधिबीच युथ एन्ड स्पोर्ट्समा लगानी गर्ने विषयमा छलफल भएको राखेपले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्