स्कटल्यान्डले २३ वर्षपछि ठूलो प्रतियोगितामा खेल्ने

काठमाडौं। पेनाल्टी सुटआउटमा सर्वियालाई ५-४ ले हराउँदै स्कटल्यान्डले युरोपियन च्याम्पियनसिपमा स्थान बनाएको छ।

स्कटल्यान्डले ठूलो प्रतियोगितामा खेल्न लागेको २३ वर्षपछि यो पहिलोपटक हो।

स्कटल्यान्डका गोलकिपर डेबिड मार्शलले एलेक्सेन्डर मित्रोभिचको पेनाल्टी प्रहार बचाइदिएपछि स्कटल्यान्ड विजयी भएको हो।

निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

त्यसअघि रायन क्रिष्टिको गोलबाट स्कटल्यान्डले ५२औं मिनेटमा अग्रता लिएको थियो।

सर्वियाविरुद्धको तीन खेलमा स्कटल्यान्डले गरेको यो पहिलो गोल हो।

इन्जुरी समयमा लुका जोभिचले बराबरी गोल गरेपछि स्कटल्यान्डले युरोपियन च्याम्पियनसिपमा स्थान बनाउन पेनाल्टीसम्म कुर्नु परेको हो।

स्कटल्यान्ड पछिल्लो ९ खेलमा अपराजित रहेको छ। स्कटल्यान्डले ६ खेलमा विजयी नतिजा निकालेको छ भने तीन खेल हारेको छ।

पछिल्लो ४४ वर्षमा स्कटल्यान्डको यो सबभन्दा राम्रो प्रदर्शन हो। स्कटल्यान्ड यअसघि १९३० मा ११ खेलसम्म अपराजित रहेको थियो।

स्कटल्यान्डले अब युरो कपको समूह ‘डी’ मा इङ्ल्यान्ड, क्रोएसिया र चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ।

स्कटल्यान्डले यसअघि १९९८ मा पहिलो पटक विश्वकप खेलेको थियो। त्यसअघि १९९६ मा युरोपियन च्याम्पियनसिप खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्