एजेन्सी। फ्रान्सेली टोली लियोनका डच फरवार्ड मेम्फिस डिपेले ‘बार्सिलोना जान सबै खेलाडी तयार हुन्छन्’ भन्दै स्पेनिस ला लिगामा सरुवाको सम्भावना सङ्केत गरेका छन्। नेदरल्यान्ड्सको राष्ट्रिय टोलीमा सँगै काम गरेका प्रशिक्षक रोनाल्ड कोम्यानले अगस्टमा बार्सिलोनाको नेतृत्व सम्हालेपछि डिपेप्रति क्याटालानको टोलीको आकर्षण थप बलियो बनेको थियो।
अक्टोबरको सुरुआतमा सरुवा बजार बन्द हुनुअघि नै डिपे लियोन छोडेर बार्सिलोना पुग्ने अनुमान गरिएको थियो। तर तत्कालका लागि लियोनमै रहेका डिपेको फ्रान्सेली टोलीसँग सम्झौता अर्को वर्ष सकिँदै छ।
बार्सिलोनाले निरन्तर उनलाई भित्र्याउने चाहना राखिरहेको बताइए पनि लियोनका अध्यक्ष जिन मिचेल औलासले भने जनवरीमा पनि डिपेलाई नछोड्ने बताएका छन्।
लगातार दोस्रो सिजन युरोपमा खेल्ने सम्भावना बलियो बनाइराख्न लियोन डिपेलाई आफूसँगै राख्न चाहन्छ। यस कारण बार्सिलोनाले उनलाई भित्र्याउन सरुवा रकममा धेरै सम्झौता गर्नुपर्न सक्छ।
जारी सिजनमा डिपेले फ्रान्सेली लिग वानमा लियोनका लागि पाँच गोल गर्नुका साथै तीन गोलको अवसर सिर्जना गरिसकेका छन्।
सात गोल गर्नुका साथै चार गोलको अवसर सिर्जना गरेका पेरिस सेन्ट जर्मनका फरवार्ड किलियन एमबाप्पे मात्र लिग वानको जारी सिजनमा अहिलेसम्म उनीभन्दा राम्रो प्रदर्शन गर्ने फरवार्ड हुन्।
" /> एजेन्सी। फ्रान्सेली टोली लियोनका डच फरवार्ड मेम्फिस डिपेले ‘बार्सिलोना जान सबै खेलाडी तयार हुन्छन्’ भन्दै स्पेनिस ला लिगामा सरुवाको सम्भावना सङ्केत गरेका छन्। नेदरल्यान्ड्सको राष्ट्रिय टोलीमा सँगै काम गरेका प्रशिक्षक रोनाल्ड कोम्यानले अगस्टमा बार्सिलोनाको नेतृत्व सम्हालेपछि डिपेप्रति क्याटालानको टोलीको आकर्षण थप बलियो बनेको थियो।अक्टोबरको सुरुआतमा सरुवा बजार बन्द हुनुअघि नै डिपे लियोन छोडेर बार्सिलोना पुग्ने अनुमान गरिएको थियो। तर तत्कालका लागि लियोनमै रहेका डिपेको फ्रान्सेली टोलीसँग सम्झौता अर्को वर्ष सकिँदै छ।

">