काठमाडौं। बुधबार राति भएको मैत्रीपूर्ण खेलमा पोल्यान्डले युक्रेनलाई २-० गोलको नतिजामा पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलको ४१औं मिनेटमा क्रिस्टोफ पियाटेकले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक पहिलो हाफमा १-० को अग्रता लिएको पोल्यान्डले दोस्रो हाफमा एक गोल थप्यो।
जाकुब मोडरले ६३औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। निर्धारित ९० मिनेटसम्म ११ पटक पोल्यान्डको पोष्टमा प्रहार गरे पनि युक्रेन सफल हुन सकेन। तीमध्ये ७ वटा प्रहार टार्गेटमा परेका थिए।
पोल्यान्डको तुलनामा बल पोसेसन, कर्नर तथा प्रहारमा पनि अगाडि रहेको युक्रेन फिनिसिङमा चुक्दा पराजित हुनुपर्यो। नेसन्स लिगमा पोल्यान्डले सोमबार इटालीसँग खेल्ने छ भने युक्रेनले आइतबार जर्मनीको सामना गर्नेछ।
" /> काठमाडौं। बुधबार राति भएको मैत्रीपूर्ण खेलमा पोल्यान्डले युक्रेनलाई २-० गोलको नतिजामा पराजित गरेको छ।घरेलु मैदानमा भएको खेलको ४१औं मिनेटमा क्रिस्टोफ पियाटेकले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक पहिलो हाफमा १-० को अग्रता लिएको पोल्यान्डले दोस्रो हाफमा एक गोल थप्यो।

">