काठमाडौं। फ्रान्सका फरवार्ड एन्टोइन ग्रिजमनले कमजोर मानिएको फिनल्यान्डसँग आश्चर्यजनक रुपमा २–० ले पराजित भएको खेलबाट ठुलो पाठ सिक्नु पर्ने बताएका छन्।
विश्व विजेता फ्रान्स गएराती सम्पन्न मैत्रीपुर्ण खेलमा फिनल्यान्डसँग पराजित भएको हो। फ्रान्सले शनिबार राती युईएफए नेसन्स लिगमा पोर्चुगलविरुद्ध खेल्नेछ। पेरिसको स्टेड डी फ्रान्समा पराजित भएसँगै फ्रान्सको १२ खेलसम्मको अपारजित यात्रामा पूर्णविराम लागेको छ।
फिनल्यान्डका लागि डेब्यू गरेका २१ वर्षे मार्कुस फोर्स र ओनी भालाकारीले गोल गरेका थिए। फ्रान्सविरुद्ध फिनल्यान्डको यो पहिलो जित हो। जुन २०१९ पछि फ्रान्स हारेको यो पहिलो खेल हो।
पछिल्लो पटक क्रोएसियाविरुद्ध खेलेको टीममा प्रशिक्षक डीडीयर डेस्च्याम्पले आठ खेलाडी परिवर्तन गरेका थिए। ग्रिजमन पनि दोस्रो हाफमा मात्र मैदान छिरेका हुन्। फ्रान्सले विपक्षी पोष्टमा २४ पटक आक्रमण गरे पनि पाएको अवसरलाई गोलमा परिणत गर्न सकेको थिएन।
‘‘मार्कुस थुरामले दुई तीन वटा राम्रो अवसर पाएका थिए। उनीले गोल गरेको भए अर्कै हुने थियो। हामीले कहाँ गल्ति गर्यो त्यसमा सुधार गरेर शनिबारका लागि तयार हुनुपर्छ,’’ ग्रिजमनले भने।
फ्रान्सबाट डेब्यू गरेका थुरामका लागि यो खेल विर्सनलायक रह्यो। बोरुसिया मोन्चेनग्लाडबचका फरवार्ड थुरामले आगामी दिनमा सुधार गर्ने बताए। उनले थपे, ‘‘पहिलो हाफमा उनीहरुले राम्रो खेले। मैले यसबाट धेरै सिक्ने मौका पाएको छु। यो अनुभवले आगामी अन्तर्राष्ट्रिय खेलमा राम्रो गर्ने आशा छ।’’