काठमाडौं। मिची बाट्सुवाईको दुई गोल प्रेरित बेल्जियमले बुधबार राति भएको मैत्रीपूर्ण खेलमा स्वीटजरल्यान्डलाई २-१ को नतिजामा पराजित गरको छ।
बेल्जियमको मैदानमा भए्को खेलको १२औं मिनेटमा एड्मिर मेहेमेदीले गोल गर्दै भ्रमणकारी स्वीटजरल्यान्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको बेल्जियमले दोस्रो हाफको सुरुआतमै बराबरी गर्यो।
बाट्सुवाईले ४९औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए। पुनरागमनसहित अग्रताका लागि निरन्तर प्रयासरत बेल्जियमका लागि ७१औं मिनेटमा बाट्सुवाईले दोस्रो गोल गर्दै टोलीलाई पहिलो पटक अग्रता दिलाएका थिए।
बाँकी समयसम्म सोही अग्रताको बचाउ गर्दै बेल्जियमले जित निकाल्यो। नेसन्स लिगमा बेल्जियमले सोमबार इङ्ल्यान्डसँग खेल्दा स्वीटजरल्यान्डले आइतबार स्पेनसँग खेल्ने छ।
" /> काठमाडौं। मिची बाट्सुवाईको दुई गोल प्रेरित बेल्जियमले बुधबार राति भएको मैत्रीपूर्ण खेलमा स्वीटजरल्यान्डलाई २-१ को नतिजामा पराजित गरको छ।बेल्जियमको मैदानमा भए्को खेलको १२औं मिनेटमा एड्मिर मेहेमेदीले गोल गर्दै भ्रमणकारी स्वीटजरल्यान्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको बेल्जियमले दोस्रो हाफको सुरुआतमै बराबरी गर्यो।

">