काठमाडौं। बुधबार राति भएको मैत्रीपूर्ण खेलमा अस्ट्रियाले लक्जम्बर्गमाथि ०-३ गोलको जित हासिल गरेको छ।
लक्जम्बर्गको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रोकिएको थियो। तर, दोस्रो हाफमा आक्रमक बनेको अस्ट्रियाका लागि ६१औं मिनेटमा गेमोट ट्राउनेरले गोल गर्दै अग्रता दिलाएका थिए।
त्यसपछि निरन्तर आक्रमण गरेको अस्ट्रियाका लागि एड्रियन ग्राबिकले ८३औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे। निर्धारित समयसम्म २-० को अग्रता बनाएको अस्ट्रियाका लागि इन्जुरी समयमा फिलिप वाइसिङ्गरले गोल गर्दै जित निश्चित गरे।
जितसँगै मनोबल उच्च बनाएको अस्ट्रियाले नेसन्स लिगमा उत्तरी आयरल्यान्डसँग सोमबार खेल्दै छ। पराजित लक्जम्बर्गले पनि नेसन्स लिगमा शनिबार राति साइप्रससँग खेल्दै छ।
" /> काठमाडौं। बुधबार राति भएको मैत्रीपूर्ण खेलमा अस्ट्रियाले लक्जम्बर्गमाथि ०-३ गोलको जित हासिल गरेको छ।लक्जम्बर्गको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रोकिएको थियो। तर, दोस्रो हाफमा आक्रमक बनेको अस्ट्रियाका लागि ६१औं मिनेटमा गेमोट ट्राउनेरले गोल गर्दै अग्रता दिलाएका थिए।

">