काठमाडौं। गए राति भएको मैत्रीपूर्ण खेलमा डेनमार्कले स्वीडेनलाई २-० गोलको नतिजामा पराजित गरेको छ।
डेनमार्कको ब्रोन्डबी रंगशालमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफमा थप आक्रामक बनेको डेनमार्क ६१औं मिनेटमा अग्रता लिन सफल भयो।
जोनास वाइन्डले जोआकिम मेहलेको पासलाई जाली चुमाउँदै डेनमार्कलाई अग्रता दिलाएका थिए। त्यसको १३ मिनेटपछी मिकेल ड्याम्सगार्डको पासलाई अलेक्जेन्डर बाहले गोलमा परिणत गर्दै डेनमार्कको अग्रता दोब्बर पारे।
दोस्रो हाफमा भ्रमणकारी स्वीडेनमाथि हाबी बनेको डेनमार्कले दुई गोलको अग्रता जोगाउँदै नतिजा आफ्नो पक्षमा पार्यो।
नेसन्स लिगमा डेनमार्कले सोमबार आइसल्याडसँग तथा स्वीडेनले आइतबार क्रोएसियासँग खेल्ने छ।
" /> काठमाडौं। गए राति भएको मैत्रीपूर्ण खेलमा डेनमार्कले स्वीडेनलाई २-० गोलको नतिजामा पराजित गरेको छ।डेनमार्कको ब्रोन्डबी रंगशालमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफमा थप आक्रामक बनेको डेनमार्क ६१औं मिनेटमा अग्रता लिन सफल भयो।

">