एजेन्सी। च्याम्पियन बोर्डको पछाडि निलो जर्सी लगाएका खेलाडी उभिएका थिए। जर्सी देख्दै थाहा हुन्थ्यो, मुम्बई इन्डियन्सले यसपालिको उपाधि जितेको।
किनकि उनीहरूको हातमाआईपीएलको सुनौलो ट्रफि थियो। खेलाडीको साथमा टीमकी मालिक नीता अम्बानी पनि थिइन्, अनि उनीहरूको पछाडि पृष्ठभूमिमा आतिशबाजीको चमक प्रस्ट देखिन्थ्यो। आईपीएलको फाइनल सकिएपछि ठ्याक्कै यस्तै तस्वीर देखिएको यो पाँचौं पटक थियो।
मुम्बई इन्डियन्सले विश्व क्रिकेटकै सबभन्दा आकर्षक मानिने आईपीएलको उपाधि जितेको यो पाँचौं पटक थियो। यसरी क्लाइमेक्स मात्र हेर्ने हो भने यसपालिको आईपीएल सामान्य र नियमित लाग्न सक्छ। तर, त्यो भन्दा केही पछाडि फर्किने हो भने आईपीएलको १३औं सिजन अन्यभन्दा विभिन्न कोणबाट फरक थियो।
पूर्वक्रिकेटर विरेन्द्र सेहवागले मुम्बईको जित्ने बानीले यसपालिको आईपीएललाई विगतभन्दा फरक पारेको तर्क गरे। हुन पनि यसअघि बिजोर वर्षमा मात्र आईपीएल जितेको मुम्बई यसपालि जोर वर्षमा पनि च्याम्पियन भयो। मुम्बईले यसअघि २०१३ र २०१५ तथा २०१९ मा दुई पटक उपाधि जितेको थियो।
आईपीएल २०२० फरक थियो
अन्य वर्षको तुलनामा ‘आईपीएल २०२०’ फरक हुनुमा अरू पनि केही कारण छन्। जसको झलक मंगलबार राति दुबईको मैदानमा देखिएको थियो।
दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएर मुम्बई इन्डियन्स च्याम्पियन बनेको थियो। तर च्याम्पियन भएपछि मैदानमा उपाधि थाप्न आउँदा मुम्बईका सबैजसो खेलाडी तथा टिम सदस्यको मुखमा मास्क थियो। कतिपयले हातमा सर्जिकल पञ्जा पनि लगाएका थिए।

कोरोना भाइरसका कारण खेलाडी तथा टीमका सदस्यहरू यसरी प्रस्तुत हुनुपरेको कुरासँग कोही पनि अनविज्ञ थिएनन्। कोरोना महामारीकै कारण मार्च-अप्रिलमा भारतका विभिन्न रंगशालामा हुनुपर्ने आईपीएल सेप्टेम्बर-नोभेम्बरमा संयुक्त अरब इमिरेट्सका तीन मैदानमा खुम्चिएको थियो। महामारीका कारण पूरा प्रतियोगिता सीमित खेलाडी, पदाधिकारी, खेल अधिकारी र पत्रकारहरूको दायराभित्र खुम्चिएको थियो। रंगशाला खाली थियो। दर्शकलाई रंगशाला प्रवेशको अनुमति थिएन। टेलिभिजनमार्फत घरबाटै खेल हेर्ने दर्शकले रेकर्डेड दर्शकका ताली तथा आवाज सुन्नुपरेको थियो।
यही आईपीएल दौरान अस्ट्रेलियाका पूर्वक्रिकेटर डिन जोन्सको हृदयघातका कारण मृत्यु भयो। उनी मुम्बईमा बसेर स्टार टेलिभिजन नेटवर्कका लागि आईपीएलको कमेन्ट्री गर्ने टोलीका सदस्य थिए।
दुबई, अबुधाबी र सारजहाका मैदानमा भएको प्रतियोगिताको सुरूआती चरणमा गर्मीका कारण खेलाडीलाई धेरै समस्या भयो। तर विस्तारै बानी परेपछि खेलाडीहरूले सहज महसुस गर्न थाले।
चेन्नईको चमक फिक्का
प्रतियोगिता सुरू हुनुभन्दा पहिला नै कोरोना भाइरसले गत सिजनको उपविजेता एवं तीन पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई कमजोर बनाइसकेको थियो। सुरेश रैना र हरभजन सिंहजस्ता स्टार खेलाडी टीमबाट अलग भए। पछिल्ला तीन खेलमा चेन्नईको जितमा नायक बनेका ऋतुराज गायकवाड कोरोना भाइरसको संक्रमणका कारण थुप्रै खेलमा मैदानबाहिर भए।
नतिजा उल्टाउन सक्षम मानिने विश्वकै सबभन्दा कुशल रणनीतिकार कप्तानको पहिचान बनाएका महेन्द्रसिंह धोनीको जादू पनि यसपालि मैदानमा देखिएन। यसअघि प्रत्येक पटक प्लेअफको यात्रा गरेको चेन्नई यसपालि सातौं स्थानमा खुम्चियो।

धोनी आफैंले ब्याटबाट राम्रो प्रदर्शन गर्न सकेनन्। तर समग्र प्रदर्शनमा भने उनी औसतभन्दा माथि नै थिए। ४० वर्ष पुग्न लागेका धोनी प्रतियोगिताकै दोस्रो सफल विकेटकिपरका रूपमा रहे। उनले विकेटकिपरका रूपमा १६ विपक्षी ब्याट्सम्यानलाई शिकार बनाए। उनीभन्दा बढी च्याम्पियन मुम्बईका विकेटकिपर क्विन्टन डी ककले २२ विपक्षी ब्याट्सम्यानलाई आउट गरेका थिए।

रोमाञ्चक पक्ष
आईपीएल १३ लाई दुःखद घटना र स्टारको असफलताका लागि मात्र स्मरण गरिने छैन। प्रतियोगिता दौरान भएका केही रोमाञ्चक खेल तथा उत्कृष्ट प्रदर्शनहरू पनि इतिहासमा स्मरणीय हुने छन्।
कतिपय खेलमा यस्तो चरम प्रतिस्पर्धा भयो कि त्यसअघि भएका तमाम उतारचढाव फिक्का सावित भए। प्रतियोगिताका चार खेल टाई भएपछि सुपर ओभरको माध्यमबाट नतिजा निकाल्नुपर्यो।
मुम्बई र किंग्स ११ पञ्जाबबीच टाई भएको खेलको पहिलो सुपर ओभरबाट पनि नतिजा निस्किएन। पहिलो सुपर ओभर पनि टाई भएपछि दोस्रो सुपर ओभरमार्फत नतिजा निकाल्नुपरेको थियो।

प्रतियोगितामा कूल पाँच शतक बने। पञ्जाबका ओपनर केएल राहुल र मायंक अग्रवालको ब्याटबाट एक/एक शतक निस्किए। यसैगरी, दिल्लीका ओपनर शिखर धवनले लगातार दुई खेलमा शतक बनाए भने राजस्तान रोयल्सका बेन स्टोक्सले पनि एक शतकमा नाम लेखाए।
पञ्जाबका क्रिस गेल र मुम्बईका इशान किसन एक/एक रनले शतक बनाउनबाट चुके। दुवै खेलाडी ९९ रनमा आउट भए। प्रतियोगितामा ५१६ रनका साथ इशान मुम्बईका लागि सबभन्दा बढी रन बनाउने खेलाडी बन्न सफल भए। उनले ३० छक्का प्रहार गरी प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीका रूपमा पनि आफ्नो नाम लेखाए।
छक्का प्रहार गर्ने हकमा राहुल तेवतियालाई पनि भविश्यले स्मरण गर्ने छन्। राजस्थानका अलराउन्डर तेवतियाले पञ्जावविरूद्ध शेल्डन कटरेलको एकै ओभरमा पाँच छक्का प्रहार गरेका थिए। उनको यही प्रदर्शनका कारण हारको निक्कै नजिक पुगेको राजस्थानले खेल जितेको थियो।
फाइनलका केही दृश्य यस्ता थिए, जसले क्रिकेटप्रेमीलाई लामो समयसम्म छाप छोड्ने छन्। यस्तैमा एउटा थियो, मुम्बईका सूर्यकुमार यादवको रनआउट। कप्तान रोहित शर्माको गलत कलमा यादवले आफ्नो विकेट त्याग गरे। त्यसमा सबै क्रिकेटर तथा कमेन्टेटरहरूले यादवको खुलेर तारिफ गरेका थिए।
विपक्षी टीमका खेलाडीका यस्तै चमत्कारका कारण पञ्जाबका कप्तान राहुलको उच्च प्रदर्शनबाट फाइदा उठाउन टीम सफल भएन। प्रतियोगिताकै सबभन्दा सफल ब्याट्सम्यान केएल राहुलको ब्याटबाट ६७० रन निस्किए पनि उनको टोली प्लेअफको यात्रा गर्न पनि सफल भएन। पञ्जाब सुरूका सातमध्ये एक खेलमा मात्र जित हासिल गर्न सफल भएको थियो। त्यसपछि लगातार पाँच खेल जित्दै प्लेअफको आशा बढाए पनि अन्तिम खेलमा चेन्नईसँग हारेपछि पहिलो चरणबाटै टोलीको यात्रामा पूर्णविराम लाग्यो।
नयाँ उचाईमा दिल्ली
यसपालि श्रेयस ऐयर पनि इतिहास रच्ने आशामा थिए। मुख्य प्रशिक्षक रिकी पोन्टिङसँग गुरूमन्त्र लिएर दिल्लीलाई फाइनल पुर्याउने पहिलो कप्तान बने। ५१९ रनका साथ उनी आफ्नो टीममा धवनपछि सबभन्दा सफल ब्याट्सम्यान भए। तर फाइनलमा भने उनी आफ्नो टीमलाई जित दिलाउन सफल भएनन्।

ट्रफि हातबाट फुत्किएपछि ऐयरले भने, “मलाई आफ्ना खेलाडीमाथि गर्व छ। फाइनलसम्म पुग्नु सानो उपलब्धि होइन। हामी अर्को सिजन अझै बलियो भएर फर्किने छौं र उपाधि जित्ने प्रयास गर्ने छौं।”
कप्तानका लागि त्याग

रोहित शर्माले पनि यादवको त्यो त्यागाको सम्बोधन गरे। “सूर्य अहिले जसरी उच्च फर्ममा छन्, त्यसका कारण मैले आफ्नो विकेट त्याग गर्नुपर्ने थियो। तर यस्तो त्याग सहज हुँदैन। त्यसैले उनको जति प्रशंसा गरे पनि कम हुन्छ,” रोहितले यादवको विषयमा भने।

यादवले आईपीएल १३ मा मुम्बईका लागि ४८० रन बनाए। फाइनलमा कप्तानका कारण उनी थोरै स्कोरमा पवेलियन फर्किन बाध्य भए।
मुम्बईको जित सबैका लागि अपेक्षित नतिजा भए पनि च्याम्पियन भइसकेपछि यही टीमका पूर्वकप्तान सचिन तेन्दुल्करदेखि अभिनेता अमिताभ बच्चनसमेतले ट्वीटरमा खुसी पोखे।
यसपालि आईपीएलको अर्को मुख्य विशेषता थियो, च्याम्पियन टीममा कुनै पनि खेलाडी यस्ता थिएनन्, जहाँ रन बनाउने वा विकेट लिनेमा एक नम्बर भए। तर, समग्र टीम प्रदर्शनमा मुम्बई अब्बल रह्यो र उपाधिसँगै ‘फेयर प्ले अवार्ड’ पनि जित्यो।
" /> एजेन्सी। च्याम्पियन बोर्डको पछाडि निलो जर्सी लगाएका खेलाडी उभिएका थिए। जर्सी देख्दै थाहा हुन्थ्यो, मुम्बई इन्डियन्सले यसपालिको उपाधि जितेको।किनकि उनीहरूको हातमाआईपीएलको सुनौलो ट्रफि थियो। खेलाडीको साथमा टीमकी मालिक नीता अम्बानी पनि थिइन्, अनि उनीहरूको पछाडि पृष्ठभूमिमा आतिशबाजीको चमक प्रस्ट देखिन्थ्यो। आईपीएलको फाइनल सकिएपछि ठ्याक्कै यस्तै तस्वीर देखिएको यो पाँचौं पटक थियो।

">