एजेन्सी। मुम्बई इन्डियन्सलाई हिजो राति पाँचौँपटक इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जिताएका रोहित शर्मालाई ट्वान्टी-२० स्वरुपमा भारतीय राष्ट्रिय टिमको नेतृत्व गर्न दिइनुपर्ने इङल्यान्डका पूर्व कप्तान माइकल भोनले बताएका छन्।
रोहितको मुम्बईले हिजो दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्समाथि ५ विकेटको जित हासिल गर्दै पाँचौँपटक आइपिएलको उपाधि जितेको थियो। दिल्लीले दिएको १५७ रनको लक्ष्य ५ विकेट गुमाएर पूरा गर्ने क्रममा ओपनर रोहितले धैर्यपूर्ण ब्याटिङ गर्दै ५१ बलमा ६८ रन बनाएका थिए।
रोहितको उच्च प्रदर्शन तथा सुझबुझपूर्ण कप्तानीबाट प्रेरित मुम्बईले विश्वको सबभन्दा आकर्षक मानिने प्रतियोगितामा लगातार दोस्रोपटक उपाधि जितेको हो। चेन्नईपछि आइपिएलमा उपाधि रक्षा गर्ने मुम्बई एक मात्र टिम हो।
रोहितलाई २० ओभरको क्रिकेटमा कप्तानीको जिम्मा सुम्पिएपछि भारतीय राष्ट्रिय टोलीका वर्तमान कप्तान विराट कोहलीले पनिखुलेर खेल्न पाउने भोनले तर्क गरेका छन्। रोहितलाई असाधारण मानव संशाधन व्यवस्थापकको दर्जा दिएका भोनले उनलाई कप्तान बनाउन केही सोच्नुनपर्ने बताए।
“रोहित शर्मालाई भारतीय ट्वान्टी-२० टिमको कप्तान बनाउन केही सोच्नै पर्दैन। मानव संशाधन व्यवस्थापनमा उनी जति क्षमतावान् अर्का कोही छैनन्। यसो भए विराट कोहलीले पनि खेलाडीको भूमिकामा मात्र खेल्न पाउँदा राहत पाउनेछन्। अन्य टिमहरुमा पनि यस्तो अभ्यास सफल भएको छ,” भोनले ट्विटरमा लेखेका छन्।
" /> एजेन्सी। मुम्बई इन्डियन्सलाई हिजो राति पाँचौँपटक इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जिताएका रोहित शर्मालाई ट्वान्टी-२० स्वरुपमा भारतीय राष्ट्रिय टिमको नेतृत्व गर्न दिइनुपर्ने इङल्यान्डका पूर्व कप्तान माइकल भोनले बताएका छन्।रोहितको मुम्बईले हिजो दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्समाथि ५ विकेटको जित हासिल गर्दै पाँचौँपटक आइपिएलको उपाधि जितेको थियो। दिल्लीले दिएको १५७ रनको लक्ष्य ५ विकेट गुमाएर पूरा गर्ने क्रममा ओपनर रोहितले धैर्यपूर्ण ब्याटिङ गर्दै ५१ बलमा ६८ रन बनाएका थिए।

">