मुम्बईका लागि रोहित शर्माले ६८ रन बनाए। त्यस्तै क्विन्टज डी ककले २० र सुर्यकुमार यादवले १९ रन बनाउँदा इशान किशन ३३ रनमा अविजित रहे। दिल्लीका एनरिच नोटर्जेले दुई विकेट लिँदा कागिसो राबडा र मार्कुस स्टोइनिसको नाममा एक/एक विकेट रह्यो।
त्यसअघि ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयर ऐयरले ६५ तथा रिसब पन्तले ५६ रन बनाउनुबाहेक अन्यले उल्लेख्य रन बनाउन सकेनन्।
मुम्बईका ट्रेन्ट बोल्टले तीन विकेट लिँदा नाथन कोल्टर नेलले दुई तथा जयन्त यादवले एक विकेट लिए।

मुम्बईलाई पाँचौं पटक आईपीएलको उपाधि: Dekhapadhi
मुम्बईलाई पाँचौं पटक आईपीएलको उपाधि

काठमाडौं। कप्तान रोहित शर्माको अर्धशतकप्रेरित मुम्बई इन्यिन्सले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। मुम्बईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५६ रन बनाएको थियो। १५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पाँच विकेट गुमाएर पुरा गरेको थियो।

गत वर्ष उपाधि जितेको मुम्बईले लगातार दोस्रो पटक उपाधि जितेको हो। यससँगै मुम्बई लगातार दुई पटक उपाधि जित्ने दोस्रो टीम बनेको छ। यसअघि चेन्नई सुपर किंग्सले २०१० र २०११ मा लगातार उपाधि जितेको थियो।

प्रतियागितामा मुम्बईको यो पाँचौं उपाधि हो। यसअघि २०१३ मा पहिलोपटक उपाधि जितेको मुम्बईले २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो।