आईपीएल फाइनल : दिल्लीले मुम्बईलाई दियो १५७ रनको लक्ष्य
<p>काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि रक्षा गर्न मुम्बई इन्डियन्सले १५७ रनको लक्ष्य पाएको छ। </p>
<p>दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी फाइनलमा साविक विजेता मुम्बईलाई टस जितेर ब्याटिङ गरेको दिल्लीले उक्त लक्ष्य दिएको हो।</p>
<p>फाइनलमा खराब सुरूआत गरेको दिल्लीले पुनरागमन गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५६ रन जोडेको हो।</p>
प्रतिक्रिया दिनुहोस्
