काठमाडौँ। चारपटक उपाधि उचालेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो छुट्टै विरासत खडा गरेको छ। मुम्बईको उक्त विरासतलाई आज पहिलोपटक फाइनलमा स्थान बनाएको दिल्ली क्यापिटल्सले आज चुनौती दिनेछ।
दिल्लीको यस फाइनलमा यात्रामा नेतृत्व गरेका श्रेयर ऐयर मुम्बईकै हुन्। आज दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ऐयरले आफ्नै घरेलु टिमविरुद्ध चुनौती दिनेछन्। ५२ दिनसम्म आठ टिमले ६० खेलमा गरेको कडा प्रतिस्पर्धापछि आज १३ औं संस्करणको उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ।
यसअघि चारपटक उपाधि जितिसकेको मुम्बईले सिधा बाटोबाट फाइनलसम्मको यात्रा तय गर्यो। यसको ठीकविपरीत दिल्लीले यात्रा भने उतारचढावपूर्ण रह्यो। लिग चरणको शीर्ष स्थानमा रहेको मुम्बईले पहिलो क्वालिफायरमा दिल्लीलाई हराउँदै फाइनलमा स्थान बनायो।

तर सुरुमा राम्रो प्रदर्शन गरेको दिल्लीले लगातार चार खेलमा पराजय भोगेपछि प्लेअफमा स्थान पक्का गर्नका लागि अन्तिम खेलसम्म कुर्नुपरेको थियो। अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेपछि दिल्लीले दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको थियो। पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएपछि दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्नुपरेको थियो।
सन् २०१३ मा पहिलोपटक उपाधि जितेपछि मुम्बईले सबै उपाधि विजोर वर्षमा जितेको छ। तर मुम्बईले उपाधि जितेलगत्तैको अर्को वर्ष फाइनलमा स्थान बनाउन सकेको थिएन। यसपटक भने मुम्बई लगातार फाइनलमा स्थान बनाउन सफल भएको छ।
मुम्बई लगातार उपाधि जित्ने लक्ष्यमा छ। मुम्बईले उपाधि जिते आईपीएलमा चेन्नईपछि लगातार उपाधि जित्ने दोस्रो टिम बन्नेछ। चेन्नईले सन् २०१० र सन् २०११ मा लगातार उपाधि जितेको थियो।
पहिलोपटक फाइनलमा स्थान बनाउन सफल दिल्लीले पछिल्लो सातमध्ये पाँच खेलमा पराजित भएको छ। जारी संस्करणमा मुम्बईविरुद्धको सबै तीन खेलमा दिल्ली पराजित भएको छ। तर दिल्ली अब ४० ओभरको खेल भने आफ्नो पक्षमा पार्दै पहिलो उपाधि जित्न चाहन्छ।
दुई टिमको खेलाडीले सुरुमा गरेको प्रदर्शन हेर्ने हो भने दुवै टिम कमजोर देखिँदैन। प्रतियोगितामा खेल सकिँदै जाँदा मुम्बईका खेलाडीले अझ बढी लयमा देखिएका छन्। दिल्लीका केही खेलाडीले सिजनभर उत्कृष्ट प्रदर्शन गरेका छन्, तर केही खेलाडीले एक रूपको प्रदर्शन गर्न नसक्दा दिल्ली भरपर्दो टिम भने बन्न सकेको छैन।
दिल्लीका ओपनर शिखर धवनले राम्रो प्रदर्शन गरेपछि उनलाई साथ दिने भरपर्दो जोडी पाउन सकेका छैनन्। कप्तान ऐयर भन्छन्, “हाम्रो ओपनिङ जोडीमा समस्या छ। तर धवनले टिकेर खेल्यो भने टिमले राम्रो योगफल बनाउन सक्छ। मुम्बई धेरै राम्रो टिम हो र एकरूपको प्रदर्शन गरिरहेको छ। उनीहरूले एक खेल कम खेलेका छन्। हामी राम्रो क्रिकेट खेल्दै उनीहरूलाई हराउँन सक्षम छौं।”
धवनले ६०३ रन बनाइसकेका छन्। उनले समूहमा चरणमा लगातार दुई शतक बनाएका थिए। धवनले अग्रपंक्तिमा राम्रो सुरुआत गरे मध्य क्रममा मार्कुस स्टोइनिस र सिमरोन हेटमेयरले मध्य क्रम सम्हाल्नेछन्। स्टोइनिस र हेटमेर दुवै उत्कृष्ट लयमा छन्। बलिङतर्फ पनि कागिसो राबडाले २९ विकेट लिइसकेको छन्। उनी प्रतियोगितामा सबभन्दा धेरै विकेट लिने खेलाडी हुन्। त्यस्तै, एनरिच नोट्जेले पनि २० विकेट लिइसकेका छन्। पछिल्लो समय स्पिनर रविचन्द्रन आश्विन पनि लयमा देखिए्रका छन्।
मुम्बईको बलिङ लाइनअफ पनि बलियो छ। जसप्रित बुमराहले २७ विकेट लिइसकेका छन् भने अर्का तीव्र गतिका बलर ट्रेन्ट बोल्टले २२ विकेट लिएका छन्। धेरै विकेट लिनेमा राबडापछि बुमराह दोस्रो र बोल्ट तेस्रो स्थानमा छन्।
ब्याटिङतर्फ पनि कप्तान रोहित शर्मा आफै जतिबेला पनि खेल परिवर्तन गर्न सक्ने क्षमता राख्छन्। इशान किशनले ४८३ रन बनाइसकेका छन्। ओपन क्विन्टन डी कक पनि लयमा छन्। डी ककले पनि ४८३ रन बनाइसकेका छन्। सुर्यकुमार यादवको ४६१ रन बनाइसकेका छन्। मध्यक्रममा क्रुनाल र हार्दिक पाण्डेय पनि लयमा छन्।

मुम्बईविरुद्ध दिल्ली
जारी संस्करणको तीन भेटमा दिल्ली सबै खेलमा पराजित भएको छ। आईपीएलमा अहिलेसम्मका २७ मध्ये १५ खेल मुम्बईले जितेको छ। बाँकी १२ खेलमा दिल्ली विजयी भएको छ।
पिच रिपोर्ट
अघिल्लो खेलमा मुम्बईले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २०० रनको योगफल बनाएको थियो। त्यसबाट नै पिचको प्रकृति अनुमान लगाउन सकिन्छ। सुरुमा तीव्र गतिको बलरलाई सहयोग गर्ने यस पिचले पछि स्पिनरलाई पनि साथ दिन्छ।
रोहित शर्मा र श्रेयर ऐयर जसले टस जिते पनि ब्याटिङ गरेर पछिल्लो खेलकै योगफल बनाउन चाहन्छन्।

सम्भावित टिम
मुम्बई इन्डियन्स — रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), सुर्यकुमार यादव, इशन किशन, क्रुनाल पाण्डेय, हार्दिक पाण्डेय, किरण पोलार्ड, नाथन कोट्लर नेल, राहुल चहर, जसप्रित बुमराह, ट्रेन्ट बोल्ट/जेम्स प्याटिन्सन
दिल्ली क्यापिटल्स — मार्कुस स्टोइनिस, शिखर धवन, अजिन्क्या रहाने, श्रेयस ऐयर(कप्तान), रिसव पन्त (विकेटकिपर), सिमरोन हेटमेयर, अक्सर पटेल, प्रविन दुबे/हर्सल पटेल, रविचन्द्रन आश्विन, एनरिच नोट्रेज र कागिसो राबडा
" /> काठमाडौँ। चारपटक उपाधि उचालेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो छुट्टै विरासत खडा गरेको छ। मुम्बईको उक्त विरासतलाई आज पहिलोपटक फाइनलमा स्थान बनाएको दिल्ली क्यापिटल्सले आज चुनौती दिनेछ।दिल्लीको यस फाइनलमा यात्रामा नेतृत्व गरेका श्रेयर ऐयर मुम्बईकै हुन्। आज दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ऐयरले आफ्नै घरेलु टिमविरुद्ध चुनौती दिनेछन्। ५२ दिनसम्म आठ टिमले ६० खेलमा गरेको कडा प्रतिस्पर्धापछि आज १३ औं संस्करणको उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ।

">