काठमाडौं। कार्लोस सोलरले पेनाल्टीमा तीन गोल गरेको खेलमा भ्यालेन्सियाले गएराति स्पेनिस ला लिगाको साविक विजेता रियाल मड्रिडलाई ४-१ ले पराजित गरेको छ।
करिम बेन्जेमाको गोलबाट भ्रमणकारी रियालले २३औं मिनेटमा अग्रता लिएको थियो। ३०औं मिनेटमा सोलेरले पेनाल्टीमा बराबरी गोल फर्काए। पेनाल्टीमा सोलरको सुरूमा हानेको प्रहार रियालका गोलकिपर थिबाउट कोर्तुवाले बचाइदिएका थिए।
तर, भिडियो सहायक रेफ्रीको सहायतामा जिसस गिले पुनः पेनाल्टी हान्न दिएका थिए। जसमा सोलरले कुनै गल्ती गरेनन्। राफेल भरानेको आत्मघाती गोलमा घरेलु टीम भ्यालेन्सियाले अग्रता लियो।
५४औं मिनेटमा भ्यालेन्सियाले अर्को पेनाल्टी अवसर पायो। म्याक्सिमिलियानो गोमेजले रियालका रक्षक मार्सेलोले फाउल गरेपछि भ्यालेन्सियाले पेनाल्टी अवसर पाएको थियो। यसमा भने सोलरले कुनै गल्ती नगरी गोल गरे।
६४औं मिनेटमा भ्यालेन्सियाले फेरि अर्को पेनाल्टीको अवसर पायो। युनुस मुसहलाई रियालका कप्तान सर्जियो रामोसले फाउल गरेपछि भ्यालेन्सियाले पेनाल्टी अवसर पाएको हो। यस अवसरलाई सोलरले सदुपयोग गर्दै ह्याट्रिक गरे।
२३ वर्षे सोलर ला लिगा इतिहासमा तीन वटा पेनाल्टीमा गोल गर्ने तेस्रो खेलाडी बने।
पराजित भएपछि आठ खेलबाट १६ अंक जोडेको रियाल चौथो स्थानमा छ। जुन शीर्ष स्थानको रियाल सोसिडाडभन्दा चार अंकले पछाडि हो। तथापि, रियाल सोसिडाडले एक खेल बढी खेलेको छ। भ्यालेन्सिया भने ११ अंकका साथ नवौं स्थानमा छ।
गएराति नै सम्पन्न खेलमा रियाल सोसिडाडले ग्रानडालाई २-० ले पराजित गरेको थियो। रियाल सोसिडाड २० अंकका साथ शीर्ष स्थानमा छ। नौ खेलबाट १८ अंक जोडेको भिल्लारियाल दोस्रो स्थानमा छ भने सात खेलबाट १७ अंक जोडको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ।
" /> काठमाडौं। कार्लोस सोलरले पेनाल्टीमा तीन गोल गरेको खेलमा भ्यालेन्सियाले गएराति स्पेनिस ला लिगाको साविक विजेता रियाल मड्रिडलाई ४-१ ले पराजित गरेको छ।करिम बेन्जेमाको गोलबाट भ्रमणकारी रियालले २३औं मिनेटमा अग्रता लिएको थियो। ३०औं मिनेटमा सोलेरले पेनाल्टीमा बराबरी गोल फर्काए। पेनाल्टीमा सोलरको सुरूमा हानेको प्रहार रियालका गोलकिपर थिबाउट कोर्तुवाले बचाइदिएका थिए।

">