६ वर्षपछि टोटेनह्याम शीर्ष स्थानमा
<p>काठमाडौं। ह्यारी केनले अन्तिम समयमा गरेको गोलमा टोटेनह्यामले वेष्ट ब्रोमलाई १–० ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। टोटेनह्याम लिगको शीर्ष स्थानमा उक्लिएको २०१४ पछि यो पहिलो हो। </p>
<p>खेल सकिन दुई मिनेट बाँकी हुँदा केनले गरेको गोल टोटेनह्यामको जितमा निर्णायक बन्यो। प्रिमियर लिगमा केनको यो १५०औं गोल हो। </p>
<p>जितसँगै आठ खेलबाट १७ अंक जोडेको टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको साउथह्याम्पटनले १६ अंक जोडेको छ। समान १६ अंकको लिभरपुल तेस्रो स्थानमा छ। लिभरपुलले आज म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ। </p>
<p>आठ खेलबाट तीन अंक जोडेको वेष्ट ब्रोम भने १८औं स्थानमा छ। </p>
प्रतिक्रिया दिनुहोस्
