एट्लेटिको मड्रिडमाथि युभेन्टसको जित
काठमाडौं। पाउलो डिबालाले फ्रिकिकमा दर्शनीय गोल गरेपछि इटालियन सिरी ‘ए’ क्लब युभेन्टसले गएराति एट्लेटिको मड्रिडमाथि १-० को नतिजा निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ।

डिबालाले झन्डै जिरो एङ्गलबाट हानेको फ्रिकिक क्रमबारलाई चुम्दै गोलमा परिणत भयो। त्यही फ्रिकिक गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो।

यससँगै युभेन्टसले समूह ‘डी’ बाट विजेताको हैसियतमा नकआउट चरणमा स्थान बनाएको छ।

प्रतिस्पर्धात्मक बनेको खेलमा बैकल्पिक खेलाडी फेडरिको बेर्नाडेस्चीले गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो।

क्लबको अघिल्लो खेलमा आरम गरेका क्रिस्टियानो रोनाल्डोले पुरै समय मैदानमा बिताए पनि गोल गर्न सकेनन्।

पराजित एट्लेटिको ७ अंकका साथ दोस्रो स्थानमा छ। जुन तेस्रो स्थानको बायर लेभरकुसेन भन्दा १ अंकले मात्र माथि हो।

लेभरकुसनले चाँडो गरी भएको खेलमा रुसको लुकोमोटिभ मस्कोलाई २-० ले पराजित गरेको थियो।

समूहको अन्तिम खेलमा लेभरकसेनले युभेन्टसविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्