साख्तर डोनेस्कसँग १–१ को बराबरीमा रोकियो म्यानचेस्टर सिटी
काठमाडौं। साख्तर डोनेस्कसँग १–१ को बराबरीमा रोकिए पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएपछि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अब प्रिमियर लिगमा केन्द्रित हुने बताएका छन्।

युक्रेनको क्लब साख्तरसँग बराबरी खेले पनि सिटीले समूह ‘सी’ मा ५ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाएको हो। क्रमशः ६, ५ र ४ अंक जोडेको साख्तर, डाइनामो जाग्रव र एटलान्टा सबैको अन्तिम १६ पुग्ने सम्भावना कायमै छ।

‘‘नकआउट चरणको लक्ष्य पूरा भएको छ’’,  बार्सिलोनाबाट दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेका सिटी प्रशिक्षक ग्वार्डिओलाले भने, ‘‘समूहमा अन्तिम खेल खेल्नु अगाडि नै अघिल्लो चरणमा स्थान बनाइसकेका छौं। अब हामी प्रिमियर लिगमा केन्द्रित हुनेछौं।’’

पछिल्लो दुई बर्ष लगातार इङ्लिस प्रिमियर लिगको उपाधि जितेको सिटी अहिले घरेलु लिगको तेस्रो स्थानमा छ। १३ खेल सकिँदा सिटी शीर्ष क्लब लिभरपुलभन्दा ९ अंक पछाडि छ।

घरेलु मैदान इतिहाद रंगशालामा सिटीले ५६औं मिनेटमा इकेए गुन्डोगनको गोलमा अग्रता लिएको थियो। तर सिटीले अन्तिमसम्मकायम अग्रता राख्न सकेन। ६९औं मिनेटमा साख्तरका मनोर सोलोमोनले बराबरी गोल फर्काएपछि सिटी अंक बाड्न बाध्य बन्यो।

समूह ‘सी’ कै अर्को खेलमा इटालियन क्लब एटलान्टाले क्रोएसियाको क्लब डाइनामो जाग्रवलाई २–० ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्