काठमाडौं। एन्जेल डी मारियाको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) गएराति फ्रेन्च लिग वानमा तेस्रो स्थानको रेनेसमाथि ३-० को सहज विजय हासिल गरेको छ। जितसँगै पीएसजीले शीर्ष स्थानमा पाँचको स्पष्ट अग्रता लिएको छ।
विपक्षी रक्षापंक्तिले गरेको गल्तीको फाइदा उठाउँदै डी मारियाले दिएको पासमा मोइज केनले गरेको गोलमा पीएसजीले ११औं मिनेटमा अग्रता लियो। एभर्टनबाट लोनमा पीएसजी गएका केनको पाँच खेलमा पाँचौं गोल हो।
२१औं मिनेटमा डी मारियाले अग्रता दोब्बर बनाए। मारियाले एन्डेर हरेराको पासलाई पोष्टको दिशा दिएका हुन्।
खेल सकिन १७ मिनेट मिनेट बाँकी छदाँ डी मारियाले अर्को गोल थपेपछि घरेलु टीम पीएसजीले तीन अंक पक्का गरेको थियो। कोलिन डग्बाको पासमा डी मारियाले २० यार्डबाट हानेको लामो प्रहार रेनेसका गोलकिपर अल्फ्रेड गोमेसले बचाउन सकेनन्।
जितसँगै १० खेलबाट २४ अंक जोडेको पीएसजी शीर्ष स्थानमा रहँदा रेनेस १८ अंकका साथ तेस्रो स्थानमा छ। एक खेल कम खेलेको लिली १९ अंकका साथ दोस्रो स्थानमा छ।
" /> काठमाडौं। एन्जेल डी मारियाको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) गएराति फ्रेन्च लिग वानमा तेस्रो स्थानको रेनेसमाथि ३-० को सहज विजय हासिल गरेको छ। जितसँगै पीएसजीले शीर्ष स्थानमा पाँचको स्पष्ट अग्रता लिएको छ।विपक्षी रक्षापंक्तिले गरेको गल्तीको फाइदा उठाउँदै डी मारियाले दिएको पासमा मोइज केनले गरेको गोलमा पीएसजीले ११औं मिनेटमा अग्रता लियो। एभर्टनबाट लोनमा पीएसजी गएका केनको पाँच खेलमा पाँचौं गोल हो।

">