काठमाडौं। एक शून्यले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले गएराति इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि ४-१ को विजय हासिल गरेको छ।
अंकतालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडले डेबिड म्यागोल्ड्रिकको गोलबाट नवौं मिनेटमा अग्रता लिएको थियो। तर भ्रमणकारी सेफिल्डको अग्रता लामो समय टिक्न सकेन। घरेलु टीम चेल्सीका फरवार्ड टमी अब्राहमले २३औं मिनेटमा बराबरी गोल फर्काए।
३४औं मिनेटमा बेन चिलवेलले गरेको गोलमा चेल्सीले अग्रता लियो। चिलवेलले हाकिम जियाचको क्रसलाई पोष्टको दिशा दिएका थिए।
जियाचको फ्रीकिकमा थियागो सिल्भाले ७७औं मिनेटमा तेस्रो गोल थपे। खेल सकिन १० मिनेट बाँकी हुँदा एन’गोलो कान्टेको पासमा टिमो वेर्नरले अर्को गोल थपेपछि चेल्सीले तीन अंक पक्का गरेको थियो।
जितसँगै आठ खेलबाट १५ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ। जुन शीर्ष स्थानको साउथह्याम्पटन र दोस्रो स्थानको लिभरपुलभन्दा एक अंकले पछाडि हो।
प्रिमियर लिगमै क्रिष्टल प्यालेसले लिड्स युनाइटेडलाई ४-१ ले हरायो। क्रिष्टल प्यालेसको जितमा स्कट डान, एबेरेची इज र जोर्डन आयूले गोल गरेका थिए।
क्रिष्टल प्यालेसलाई हेल्डर कोस्टाले आत्मघाती गोल उपहार दिएका थिए। लिड्सका लागि प्याट्रिक बामफोर्डले गोल गरेका थिए।
जितसँगै क्रिष्टल प्यालेस १३ अंकका साथ सातौं स्थानमा छ। १० अंक जोडेको लिड्स १५औं स्थानमा छ।
गएराति नै ढिलो गरी सम्पन्न खेलमा वेष्ट ह्यामले फुलह्यामलाई १-० ले पराजित गर्याे। जितपछि ११ अंक जोडेको वेष्ट ह्याम ११औं स्थानमा छ। फुलह्याम भने चार अंकका साथ १७औं स्थानमा छ।
" /> काठमाडौं। एक शून्यले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले गएराति इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि ४-१ को विजय हासिल गरेको छ।अंकतालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडले डेबिड म्यागोल्ड्रिकको गोलबाट नवौं मिनेटमा अग्रता लिएको थियो। तर भ्रमणकारी सेफिल्डको अग्रता लामो समय टिक्न सकेन। घरेलु टीम चेल्सीका फरवार्ड टमी अब्राहमले २३औं मिनेटमा बराबरी गोल फर्काए।

">