काठमाडौं। ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले आज इङ्लिस प्रिमियर लिगमा एभर्टनमाथि ३-१ को विजय हासिल गरेको छ। जितसँगै युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरको दबाब कम भएको छ।
गत आइतबार आर्सनलसँग घरेलु मैदानमा पराजित भएको युनाइटेड बुधबार च्याम्पियन्स लिगमा कमजोर मानिएको इस्तानबुल बासाकसेरसँग पनि पराजित भएपछि प्रशिक्षक सोल्सायर दबाबमा थिए। तर आज एभर्टन भ्रमणमा जित निकालेसँग उनलाई रहात महसुस भएको छ।
गुडिसन पार्कमा पनि एभर्टनले १९औं मिनेटमा अग्रता लिएको थियो। बर्नार्डले गरेको गोलमा एभर्टनले अग्रता लिएको थियो। त्यसको १३ मिनेट भित्र नै सोल्सायरको युनाइटेडले खेल आफ्नो पक्षमा पार्यो।
२५औं मिनेटमा लुक शको क्रसमा फर्नान्डेजले हेडमार्फत् बराबरी गोल फर्काए। लगत्तै लुकास डिग्नेले हानेको सशक्त प्रहार बारमा लागेर बाहिरिएपछि एभर्टनले पुनः अग्रता लिने मौका गुमायो। ३२औं मिनेटमा फर्नान्डेजले मार्कुस राशफोर्डका लागि गरेको क्रस गोलमा परिणत भएको थियो। जारी सिजन फर्नान्डेजको यो छैटौं गोल हो।
अन्तिम मिनेटमा वैकल्पिक खेलाडी इडिसन काभानीले अर्को गोल थपेपछि युनाइटेडले अवे खेलमा तीन अंक पक्का गरेको थियो। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट यसै सिजन युनाइटेड आएको काभानीको यो पहिलो गोल हो। उनले फर्नान्डेजकै पासमा गोल गरेका थिए। काभानी ८२औं मिनेटमा एन्थोनी मार्सियालको स्थानमा मैदान छिरेका थिए।
जितसँगै सात खेलबाट १० अंक जोडेको युनाइटेड १३औं स्थानमा छ। एक खेल बढी खेलेको एभर्टन १३ अंकका साथ पाँचौं स्थानमा छ।
हिजो राति सम्पन्न खेलमा न्युक्यासल युनाइटेडमाथि २-० को विजय हासिल गरेको साउथह्याम्पटन १६ अंकका साथ शीर्ष स्थानमा छ। ११ अंक जोडेको न्युक्यासल ११औं स्थानमा छ।
" /> काठमाडौं। ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले आज इङ्लिस प्रिमियर लिगमा एभर्टनमाथि ३-१ को विजय हासिल गरेको छ। जितसँगै युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरको दबाब कम भएको छ।गत आइतबार आर्सनलसँग घरेलु मैदानमा पराजित भएको युनाइटेड बुधबार च्याम्पियन्स लिगमा कमजोर मानिएको इस्तानबुल बासाकसेरसँग पनि पराजित भएपछि प्रशिक्षक सोल्सायर दबाबमा थिए। तर आज एभर्टन भ्रमणमा जित निकालेसँग उनलाई रहात महसुस भएको छ।

">