रियाल मड्रिडका इडेन हाजार्ड र क्यासिमिरोलाई कोरोना सङ्क्रमण पुष्टि
<p style="text-align: justify;">काठमाडौं। स्पेनिस क्लब रियाल मड्रिडका मिडफिल्डर्स इडेन हाजार्ड र क्यासिमिरोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।</p>
<p style="text-align: justify;">क्लबद्वारा जारी छोटो विज्ञप्तिमा अहिले टीममा रहेका यी दुई खेलाडीलाई मात्रै कोरोना देखिएको र बाँकीको नतिजा नेगेटिभ आएको बताइएको छ।</p>
<p style="text-align: justify;">यी दुवै खेलाडी सेल्फ आइसोलेसनमा बसेको भएकाले भोलि राति हुने भ्यालेन्सियाविरुद्धको खेल गुमाउने पनि क्लबले जानकारी दिएको छ।</p>