काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टीम मैदान नउत्रिएको ठ्याक्कै एक वर्ष भयो, महिनाको हिसाबले। दिन गन्ने हो भने नोभेम्बर १९ मा एक वर्ष पुग्छ। ठ्याक्कै एक वर्षपछि राष्ट्रिय फुटबल टीम मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा छ।
यति लामो समय राष्ट्रिय टीमले फुटबल नखेलेको कारण हो, कोभिड-१९। कतार विश्वकपको छनोट प्रतियोगितामा होमिएको नेपाली फुटबल टीमको यात्रालाई कोभिड-१९ ले झ्याप्प ब्रेक लगाइदिएको थियो। कोभिड-१९ कै कारण गत चैतयता नेपाली फुटबल टीमले अभ्याससम्म पनि गर्न पाएको थिएन।
यसैबीचमा छोटो तयारी गरेर यही नोभेम्बर १३ र १७ मा हुने मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको छ। कोरोना भाइरस संक्रमणका कारण प्रशिक्षणका लागि बोलाइएका मध्ये सात खेलाडी टीमबाट बाहिरिए। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सबभन्दा धेरै गोल गरेका आशिष लामा र सबभन्दा अनुभवी तथा भरपर्दा रोहित चन्द पनि टीममा छैनन्।
महामारीको संकट तथा समय पावन्दीका कारण महर्जनले तिनै खेलाडीमध्येबाट टीम बनाउनुपरेको थियो। त्यसैले यो महर्जनको रोजाइको टीम होइन। त्यसकारण महर्जनले यस टीमलाई कसरी खेलाउँछन्? त्यो पनि चासोको विषय बनेको छ।
यस्तो अवस्थामा बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली टीम कस्तो बन्ला? यो सबैको चासोको विषय हो। कोरोना भारइस संक्रमण फैलिएलगत्तै स्वदेश फर्किएका मुख्य प्रशिक्षक योहान कालिन अझै नेपाल आउन सकेका छैनन्। कालिन आउन नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनलाई सुम्पिएको छ।

प्रशिक्षक फेरिए पनि कालिनले नै विश्वकप छनोट खेलका लागि छानेको टोलीलाई बंगलादेशविरूद्धको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षणमा बोलाएको थियो।

के भन्छन् प्रशिक्षक?
‘‘हामी कठिन परिस्थितिमा खेल्न गइरहेका छौं। नेपालमा घरेलु तथा अन्तर्राष्ट्रिय खेल नभएको लामो समय भइसक्यो। फेरि यो कोभिड-१९ ले परिस्थिति एकदम जटिल बनाइदिएको छ,’’ बंगलादेशको ढाकामा रहेका नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक महर्जनले देखापढीसँग भने, ‘‘अहिले राम्रो र फिट खेलाडीभन्दा पनि पीसीआरको रिपोर्टपछि उपलब्ध खेलाडीलाई खेलाउनुपर्ने बाध्यता छ।’’
‘‘नयाँ खेलाडीलाई सेट गराउन कठिन त अवश्य नै हुन्छ। कुन फर्मेसनमा खेल्ने भनेर अहिले नै भन्न सकिने अवस्था छैन। पीसीआर रिपोर्टपछि उपलब्ध खेलाडीबाट हामीले रणनीति तय गर्नेछौं।’’
एन्फाले ३५ जनालाई बन्द प्रशिक्षणमा बोलाएको थियो। त्यसमध्ये दुई चरणमा गरी सात खेलाडीको पीसीआर परीक्षण पोजिटिभ आयो। चोटका कारण रोहित चन्द टीममा परेनन् भने आशिष मेडिकल समस्याका कारण टीममा अटेनन्। त्यसैले अभिषेक रिजालबाहेक बन्द प्रशिक्षणमा बोलाइएका सबै जना टीममा परेका छन्। प्रशिक्षणमा बोलाइएका सबै खेलाडी राष्ट्रिय टिममा परेको सम्भवतः यो पहिलोपटक हो।

बंगलादेश भ्रमणमा रहेका २५ खेलाडीमध्ये आठ जना राष्ट्रिय टीमका लागि नयाँ अनुहार हुन्। पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, दर्शन गुरूङ, दीप कार्की, दिलेन लोक्ताम, एरिक विष्ट, विकास खवास र छिरिङ गुरूङ पहिलोपटक टोलीमा परेका हुन्।
बंगलादेश पुगेपछि कोरोना परीक्षणका लागि बिहीबार पनि नेपाली टीमका सबै सदस्यको स्वाब संकलन गरिएको छ। त्यसको नतिजा शनिबारसम्म आउनेछ। त्यसपछि खेलअघि पुनः पीसीआर परीक्षण हुनेछ। त्यसमा पनि ‘नेगेटिभ’ नतिजा आउने खेलाडीमात्र बंगलादेशविरूद्ध खेल्नका लागि उपलब्ध हुनेछन्।
नयाँ खेलाडीमध्ये विकास, एरिक र सेसेहाङले मौका पाउने सम्भावना प्रवल छ। तथापि, मुख्य प्रशिक्षक महर्जनले अन्तिम अवस्थासम्म केही भन्न सक्ने अवस्था नरहेको बताए।
‘‘नयाँ खेलाडीलाई सेट गराउन कठिन त अवश्य नै हुन्छ। कुन फर्मेसनमा खेल्ने भनेर अहिले नै भन्न सकिने अवस्था छैन। पीसीआर रिपोर्टपछि उपलब्ध खेलाडीबाट हामीले रणनीति तय गर्नेछौं,’’ अन्योलमा रहेका मुख्य प्रशिक्षक महर्जनले थपे, ‘‘तर, हामी एकदम बलियो टीमसँग खेल्न लागेका होइनौं। बंगलादेशको स्तर नेपालकै जस्तो हो। हाम्रा लागि बंगलादेश नयाँ टीम पनि होइन। त्यसैले हामी राम्रो नतिजा ल्याउनेमा विश्वस्त छौं।’’
बंगलादेशविरूद्ध पछिल्लो नतिजा कस्तो छ?
नेपालका लागि बंगलादेश नौलो प्रतिद्वन्द्वी होइन। तर, पछिल्ला पाँच खेलको नतिजा हेर्ने हो भने नेपाल माथि छ। पाँचमध्ये नेपालले तीन खेल जितेको छ। एक खेलमा बराबरी नतिजा निस्किँदा एक खेलमा नेपाल पराजित भएको नतिजा छ।
बंगलादेशसँग नेपालको पछिल्लो भेट सन् २०१८ को साफ च्याम्पियनसिपमा भएको थियो। उक्त खेलमा नेपाल २-० ले विजयी भएको थियो। त्यसअघि २०१३ को साफ च्याम्पियनसिपमा पनि नेपालले २-० को विजयी नतिजा निकालेको थियो। सन् २०१३ कै मार्चमा सम्पन्न एएफसी एसिया कपमा भने बंगलादेश २-० ले विजयी भएको थियो। त्यसअघि २०१२ मा खेलेको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा टुंगिएको थियो। २०११ को साफमा भने नेपाल १-० ले विजयी भएको थियो।

मुख्य प्रशिक्षक महर्जनजस्तै यस मैत्रीपूर्ण खेलमा नेपालले राम्रो नतिजा निकाल्नेमा विश्लेषक सञ्जिव मिश्र पनि विश्वस्त छन्।
उनी भन्छन्, ‘‘कालिनले नै छनोट गरेका खेलाडी बन्द प्रशिक्षणमा बोलाइएको हो। त्यसैले प्रशिक्षकलाई चुनौती त छ। तथापि अहिले टीममा रहेका धेरै खेलाडीलाई बालगोपाल महर्जनले १३औं सागमा प्रशिक्षण दिएका थिए। त्यसैले उनका लागि पनि यो टीम नौलो होइन। तर कोभिड-१९ का कारण केही खेलाडी उपलब्ध नहुँदा अहिले उनीसँग धेरै विकल्प छैनन्। त्यसका बाबजुत टीम कमजोर भने छैन। त्यसैले राम्रो नतिजा आउने अपेक्षा गर्न सकिन्छ।’’
यस मैत्रीपूर्ण खेलको महत्त्व कति?
चैत ११ बाट सरकारले लकडाउनको घोषणा गरे पनि एन्फाले चार गतेबाट नै आफ्ना सम्पूर्ण गतिविधि बन्द गरेको थियो। त्यसबीचमा एक पटक एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। तर महामारी बढ्दो अवस्थामा रहेकाले त्यतिबेला प्रशिक्षण नै नगराई खेलाडीलाई घर फर्काउनु परेको थियो।
त्यसैले चैतयता नेपाली टीमले प्रशिक्षणसमेत गरेको छैन। नेपाली फुटबल टीममात्र नभई सम्पूर्ण खेल गतिविधि चैतयता ठप्प छन्। त्यस्तो अवस्थामा फुटबल टीमको यो मैत्रीपूर्ण खेल नेपालले खेल्न लागेको सबभन्दा ठूलो खेल हो। यसले फुटबलरमा उत्साह र अन्य खेलका खेलाडीमा पनि आशाको सञ्चार गरेको छ।

त्यतिमात्र होइन नेपालले ढिलोचाँडो कतार विश्वकपको छनोट खेल्नुपर्ने छ। त्यसको तयारीका लागि पनि यस खेलको विशेष महत्त्व छ। समूहका सबै खेल नसकिए पनि विश्वकप छनोटमा अघि बढ्ने नेपालको सम्भावना लगभग समाप्त भइसकेको छ। तर त्यो विश्वकप छनोटमात्र नभई एएफसी एसियन कपको पनि छनोट प्रतियोगिता हो।
‘‘अहिले घरेलु फुटबल गर्न सकिएको छैन। यस अवस्थामा राष्ट्रिय टीम पनि निस्क्रिय बन्दा खेलाडी पलयानको सम्भावना पनि उत्तिकै हुन्छ। त्यस अर्थमा पनि यस खेलको महत्त्व छ।’’
विश्वकपको यात्राबाट बाहिरिसके पनि अन्य सम्भावना रहेका कारण उक्त प्रतियोगताले नेपालका लागि विशेष अर्थ राख्छ। त्यसको तयारीका लागि पनि यो मैत्रीपूर्ण खेलको महत्त्व विशेष छ।
‘‘सम्भवतः हामीले मार्च तथा अप्रिलपछि विश्वकप छनोटका बाँकी खेल खेल्नुपर्छ। हामीले नखेलेको धेरै भइसक्यो। त्यसैले ती खेलको तयारीका लागि पनि यो खेल महत्त्वपूर्ण थियो,’’ फुटबल विश्लेषक मिश्रले भने, ‘‘अहिले घरेलु फुटबल गर्न सकिएको छैन। यस अवस्थामा राष्ट्रिय टीम पनि निस्क्रिय बन्दा खेलाडी पलयानको सम्भावना पनि उत्तिकै हुन्छ। त्यस अर्थमा पनि यस खेलको महत्त्व छ।’’
सकिएको छैन एन्फा विवाद
मैदानमा खेलाडी एक जुट हुँदा मैदानबाहिरको फुटबल भने अझै एकजुट हुन सकेको छैन। पछिल्लो समय केही साम्य देखिए पनि वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको असन्तुष्टि कायमै छ। जुन राष्ट्रिय फुटबल टीम बिदाइमा पनि देखियो।
टीम बिदाइका क्रममा शुभकामना दिँदा वरिष्ठ उपाध्यक्ष नेम्वाङले मैदानमा जस्तो मैदानबाहिर फुटबल एकजुट हुन नसकेको बताए। उनले मैत्रीपूर्ण खेल खेल्ने निर्णय एन्फाले नगरेको बताए। साथै नेम्वाङले अध्यक्षले ‘टीमवर्क’मा काम नगरेको आरोप लगाए। उनले भनेका छन्, ‘‘मैदानभित्र जसरी खेलाडीमा टीमवर्क देखिन्छ। मैदानबाहिरको फुटबलमा त्यो छैन।’’
नेपालको टीमः
अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरूङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपकोटी, रन्ञ्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुभास गुरूङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरूङ।
मुख्य प्रशिक्षकः बालगोलपाल महर्जन
सहायक प्रशिक्षकः किरण श्रेष्ठ
गोलकिपिङ प्रशिक्षकः विकास मल्ल
तस्वीर साैजन्य: एन्फा।
" /> काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टीम मैदान नउत्रिएको ठ्याक्कै एक वर्ष भयो, महिनाको हिसाबले। दिन गन्ने हो भने नोभेम्बर १९ मा एक वर्ष पुग्छ। ठ्याक्कै एक वर्षपछि राष्ट्रिय फुटबल टीम मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा छ।यति लामो समय राष्ट्रिय टीमले फुटबल नखेलेको कारण हो, कोभिड-१९। कतार विश्वकपको छनोट प्रतियोगितामा होमिएको नेपाली फुटबल टीमको यात्रालाई कोभिड-१९ ले झ्याप्प ब्रेक लगाइदिएको थियो। कोभिड-१९ कै कारण गत चैतयता नेपाली फुटबल टीमले अभ्याससम्म पनि गर्न पाएको थिएन।

">