काठमाडौं। ‘ब्याक टु ब्याक’ तीन खेलमा विजय हासिल गरेपछि मनोबल बढाएको सनराइजर्स हैदरावाद आज इलिमिनेटरमा पनि रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै प्रतियोगितामा अगाडिको बाटो तय गर्न चाहन्छ।
ठीक विपरीत विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर लगातार चार खेलको अविजित यात्रामा पूर्णविराम लगाउँदै क्वालिफायरमा दिल्ली क्यापिटल्ससँगको भेट पक्का गर्ने लक्ष्यमा छ।
बैंगलोरले पछिल्लो पटक दुई साता अघि कोलकाता नाइट राइडर्सलाई पराजित गरेको थियो। त्यसयताका चार खेलमा बैंगलोर जितका लागि संघर्ष गरिरहेको छ।

आज शेख जायद रंगशालामा हुने इलिमिनेटर बैंगलोर र हैदरावाद दुवैका लागि ‘गर या मर’को खेल हुनेछ। विजयी टीमले फाइनल प्रवेशका लागि दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टीमको यात्रा जारी सिजनका लागि समाप्त हुनेछ। दिल्ली पहिलो क्वालिफयरमा मुम्बईसँग पराजित टीम हो।
बैंगलोरका ओपनर जोश फिलिपेले अझै पनि लय समाउन सकेका छैनन्। युवा खेलाडी फिलिपेले पाँच खेलमा ७८ रन बनाएका छन्। उनले लामो सट खेल्न सकेका छैनन्। त्यसैले उनको स्थानमा बैंगलोरले ओपनिङ जोडीका लागि देवदत्त पेडिक्कललाई साथ दिन एरोन फिन्चलाई बाेलाउन सक्छ। पेडिक्कलले १४ खेलमा ४७२ रन बनाइसकेका छन्।
१४ खेलमा ४६० रन बनाएको कप्तान कोहलीको पछिल्लो खेलमा स्ट्राइक रेट सन्तोषजनक छैन। त्यसैले मध्यक्रममा एबी डी भिलियर्समाथि जिम्मेवारी थपिएको छ। डी भिलियर्सले १४ खेलमा ३९८ रन बनाएका छन्। तल्लोक्रममा बैंगलोरको आश क्रिस मोरिस र शिवम दुबेमा हुनेछ।

औलाको चोटका कारण पछिल्लो खेल गुमाएका नवदीप सैनी हैदरावादविरुद्ध पुनरागमन गर्ने सम्भावना छ। उनले १२ खेलमा ६ विकेट लिएका छन्।
सैनीसँगै मोहम्मद सिराज, इसुरु उडाना र अलराउन्डर मोरिसमाथि हैदरावादको शीर्षक्रमका ब्याट्सम्यानलाई आउट गर्ने जिम्मेवारी छ। सिराजले ८ खेलमा ९ विकेट लिएका छन् भने उडानाले १० खेलमा आठ विकेट लिइसकेका छन्। मोरिसले ९ खेलमा ११ विकेट लिएका छन्।
त्यस्तै १४ खेलमा २० विकेट लिइसकेका युजभेन्द्र चाहल बैंगलोरको अर्का हतियार हुन्। स्पिन बलमा उनलाई वासिङ्टन सुन्दरले साथ दिनेछन्।
अर्कोतर्फ अन्तिम खेलमा सबभन्दा लयमा रहेको मुम्बईलाई १० विकेटले पराजित गरेपछि हैदरावादको मनोबल अझ उच्च बनेको छ। तथापि डेबिड वार्नरको कप्तानीमा रहेको हैदरावादलाई थाहा छ कि उक्त खेलमा जसप्रित बुमराह र ट्रेन्ट बोल्ट थिएनन्।

हैदरावादको सफलतामा ओपनिङ जोडी कप्तान वार्नर र ऋदिमन शाहको लय मुख्य कारक बनेको छ। वार्नरले १४ खेलमा ५२९ रन बनाइसकेका छन् भने शाहले चार खेलमा २१४ रन बनाएका छन्।
मनिष पाण्डेय र केन विलियम्सनको लयले टीमको मध्यक्रमलाई पनि बलियो बनाएको छ। पाण्डेयले १४ खेलमा ३८० रन बनाउँदा विलियम्सनले दश खेलमा २०० रन बनाएका छन्। तर प्रियाम गार्ग र अलराउन्डर जसोन होल्डरले प्रदर्शनमा सुधार ल्याउनु पर्छ।
हैदरावादका लागि सबभन्दा धेरै विकेट रशिद खानले लिएका छन्। उनले लिग चरणमा १९ विकेट लिइसकेका छन्। त्यसैले रशिद खानको स्पेल बैंगलोरका लागि मुस्किल पर्न सक्छ।
हैदरावादले बैंगलोरसँग १० रनले पराजित भएर प्रतियोगिताको सुरुआत गरेको थियो। तर, लिग चरणको दोस्रो खेलमा भने हैदरावाद पाँच विकेटले विजयी भएको थियो।
‘हेड टु हेड’ मा दुई टीम
आईपीएलमा यसअघि खेलेका १७ खेलमध्ये हैदरावादले ९ खेलमा विजय हासिल गरेको छ। बाँकी सात खेलमा बैंगलोर विजयी भएको छ। एक खेल भने नतिजाविहीन बनेको थियो।
शारजाहमा खेलेको चारमध्ये हैदरावादले एक खेल जितेको छ भने तीनमा पराजित भएको छ। त्यस्तै बैंगलोरले खेलेका पाँचमध्ये दुई खेल जितेको छ भने तीन खेल हारेको थियो।
२०१३ मा बनेको हैदरावादले दुईपटक फाइनल खेलिसकेको छ। त्यसमध्ये एकपटक उपाधि जितिसकेको छ।
हैदरावादले पाँचपटक प्लेअफ खेलिरहेको छ। बैंगलोरले अहिलेसम्म उपाधि जित्न सकेको छैन। प्रतियोगिताको पहिलो संस्करणबाट खेलेको बैंगलोरले तीनपटक फाइनल खेलिसकेको छ। बैंगलोरले पनि पाँचपटक प्लेअफ खेलेको छ।

पिच रिपोर्ट
शेख जायद क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुँदाको पिचमा केही परिवर्तन भएको छ। यस मैदानमा पछिल्लो पटक दिल्ली र बैंगलोरबीच खेल भएको थियो।
यस मैदानमा पछिल्लो समय १५०-१६० को औसतमा रन बनेको छ। त्यसैले दुवै कप्तानले टस जितेमा बलिङ गरेर चेज गर्ने सम्भावना बलियो छ।
सम्भावित टीम
बैंगलोरः देवदत्त पाडिक्कल, जोश फिलिपे, विराट कोहली(कप्तान), एबी डी भिलियर्स (विकेटकिपर), गुरकीरात मन, वासिङ्टन सुन्दर, क्रिस मोरिस, इसुरु उडाना, नवदीप सैनी/उमेश यादव, मोहम्मद सिराज र युजभेन्द्र चाहल।
हैदरावादः डेबिड वार्नर (कप्तान), ऋदिमन शाह (विकेटकिपर), मनिष पाण्डेय, केन विलियम्सन, अब्दुल सामद, विजय शंकर/अभिशेक शर्मा, जसोन होल्डर, रशिद खान, सन्दीप शर्मा, शाहवाद नादीम र टी नटराजन।
" /> काठमाडौं। ‘ब्याक टु ब्याक’ तीन खेलमा विजय हासिल गरेपछि मनोबल बढाएको सनराइजर्स हैदरावाद आज इलिमिनेटरमा पनि रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै प्रतियोगितामा अगाडिको बाटो तय गर्न चाहन्छ।ठीक विपरीत विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर लगातार चार खेलको अविजित यात्रामा पूर्णविराम लगाउँदै क्वालिफायरमा दिल्ली क्यापिटल्ससँगको भेट पक्का गर्ने लक्ष्यमा छ।

">