काठमाडौं। दुई आत्मघाती गोल उपहार पाएको आर्सनलले गएराति युरोपा लिगमा मोल्डेलाई ४-१ ले पराजित गरेको छ।
सहज विजय हासिल गरे पनि आर्सनल प्रशिक्षक माइकल आर्टेटाले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै भिडिओ सहायक रेफ्रीको प्रयोग गर्नुपर्ने बताए।
सतप्रतिसत नतिजा निकालेको आर्सनल समूह ‘बी’ मा ९ अंकका साथ शीर्ष स्थानमा छ। मोल्डे ६ अंकका साथ दोस्रो स्थानमा छ। रापिड विन तीन अंकका साथ तेस्रो स्थानमा छ भने चौथो स्थानको डुनडल्कले अंक जोड्न सकेको छैन।
निकोलस पेपेको पासमा ईडीए एनकेटियाले गरेको गोलबाट आर्सनलले बराबरी गोल फर्काएको थियो। तर रेफ्रीले उक्त गोललाई अफसाइड घोषणा गरिदिएका थिए। त्यसअघि मार्टिन इलिङसेनले गरेको गोलबाट मोल्डेले अग्रता लिएको थियो। च्याम्पियन्स लिगमा जस्तो युरोपा लिगको समूह चरणमा भीएआरको प्रयोग गरिएको छैन।
‘‘हामीसँग प्रविधि भएर पनि त्यसको प्रयोग नगरिनु आफैंमा आश्चर्यजनक हुन्छ,’’ भिडिओ सहायक रेफ्रीको बारेमा आर्सनल प्रशिक्षक आर्टेटाले भने, ‘‘हामीले रेफ्रीलाई भन्यौं तर उनले अनसाइड भएको गोललाई मान्यता दिएनन्। पक्कै पनि त्यो यस्तो गोल थियो जसले खेलको दिशा परिवर्तन गर्न सक्थ्यो।’’

पहिलो हाफको अन्तिम मिनेटमा क्रिस्टोफर हाउजेनको आत्मघाती गोलमा आर्सनलले बराबरी गर्यो। ६२औं मिनेटमा शेरिफ सिनयानले गरेको आत्मघाती गोलमा आर्सनलले अग्रता लियो। आर्सनलका पेपेले ७०औं मिनेटमा तेस्रो गोल थपे।
पेपेकै पासमा जोसेफ विललोकले अर्को गोल गरेपछि आर्सनलले सहज विजय हासिल गर्यो। पेपेले युरोपा लिगमा चार गोल गरेका छन् भने अर्को चार गोलमा अवसर सिर्जना गरिदिएका छन्।
आर्सनलले अब आइतबार प्रिमियर लिगमा एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। दुई आत्मघाती गोल उपहार पाएको आर्सनलले गएराति युरोपा लिगमा मोल्डेलाई ४-१ ले पराजित गरेको छ।सहज विजय हासिल गरे पनि आर्सनल प्रशिक्षक माइकल आर्टेटाले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै भिडिओ सहायक रेफ्रीको प्रयोग गर्नुपर्ने बताए।

">