काठमाडौँ। इन्डियन प्रिमियर लिगको पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदै छन्। प्रतियोगितामा सबभन्दा सफल टिम मुम्बई छैटौँपटक फाइनल खेल्ने लक्ष्यमा छ भने दिल्ली पहिलोपटक फाइनल पुग्दै इतिहास रच्ने लक्ष्यमा हुनेछ।

मुम्बईविरुद्ध समूह चरणको दुवै खेलमा दिल्ली पराजित भएको थियो। रोहित शर्माको कप्तानीमा रहेको मुम्बई जारी सिजन सबभन्दा बलियो टिम देखिएको छ। प्रतियोगितामा एक रूपको प्रदर्शन गर्ने एक मात्र टिम हो, मुम्बई। ठीकविपरीत पछिल्ला खेलमा पराजित भएपछि दिल्लीको प्लेअफ यात्रा धरमाराएको थियो।

तथापि अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग ६ विकेटको विजय हासिल गरेपछि दिल्लीले प्लेअफमा स्थान पक्का गरेको हो। त्यसैले श्रेयर ऐयरको कप्तानीमा रहेको दिल्लीलाई मुम्बईको चुनौती सहज हुनेछैन।

विगतको नतिजा पनि मुम्बईकै पक्षमा छ। आईपीएलमा २६ मध्ये १४ खेल मुम्बईले जितेको छ। बाँकी १२ खेलमा भने दिल्ली विजयी भएको छ।

प्लेअफमा दिल्लीको प्रदर्शन सम्झनलायक छैन। ठीकविपरीत मुम्बईले भने सबभन्दा धेरै चारपटक उपाधि उचालिसकेको छ। मुम्बई गत सिजन पनि चीर प्रतिद्वन्द्वी चेन्नई सुपर किंग्सलाई हराउँदै उपाधि जितेको थियो। दिल्ली भने दोस्रो क्वालिफायरमा चेन्नईसँग पराजित भएको थियो।

यद्यपि जारी सिजन प्रतियोगितामा धेरै अप्रत्यासित नतिजा निस्केका छन्। त्यसमा दिल्ली पनि एक हो। दिल्लीका शिखर धवन र अजिन्क्या रहाने लयमा छन्। धवनले जारी सिजन दुई शतक र दुई अर्धशतक बनाइसकेका छन्। त्यसैले दिल्लीले जति ठूलो स्कोरको लक्ष्य पनि पूरा गर्न सक्ने क्षमता राख्दछ। जसप्रित बुमराह र टे«न्ट बोल्टको धारिलो बलिङ दिल्लीका लागि टाउको दुखाइ बन्न सक्छ। मुम्बईले दुवै खेलाडीलाई सनराइजर्स हैदरावादविरुद्धको खेलमा आराम दिएको थियो।

दिल्लीको पनि तीव्र गतिका बलर रबडा उच्च लयमा छन्। २५ विकेट लिइसकेका रबडा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। त्यस्तै एनरिच नोट्जेले पनि १९ विकेट लिइसकेका छन्।

पिच रिपोर्ट

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पिच तीव्र गतिका बलरलाई सहयोगी मानिन्छ। सुरुका ओभरमा स्विङ हुने भएकाले तीव्र गतिका बलरलाई सहयोगी हुनेछ। त्यस्तै केही ओभरपछि यसमा स्पिनरले राम्रो गर्न सक्छन्। शीत पर्ने सम्भावना बढी हुने भएकाले टस जित्ने कप्तानले बलिङ रोजेर लक्ष्य पछ्याउन रुचाउनेछन्।

सामान्यतया यस मैदानमा १६० देखि १८० को बीचमा रन बन्छ।

सम्भावित टिम

मुम्बई – क्विन्टन डी कक (विकेटकिपर), रोहित शर्मा, इशान किशन, सुर्यकुमार यादव, क्रुनाल पाण्डेय, किरन पोलार्ड, हार्दिक पाण्डेय, जेम्स प्याटिन्सन, राहुल चहर, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह

दिल्ली – पृथ्वी श, शिखर धवन, अजिन्क्या रहाने, श्रेयर ऐयर (कप्तान), रिशब पन्त (विकेटकिपर), मार्कुस स्टोइनिस, अक्सर पटेल, रविचन्द्र आश्विन, ड्यानिस साम्स, एनरिच नोर्टजे र कागिसो रबाडा

" /> काठमाडौँ। इन्डियन प्रिमियर लिगको पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदै छन्। प्रतियोगितामा सबभन्दा सफल टिम मुम्बई छैटौँपटक फाइनल खेल्ने लक्ष्यमा छ भने दिल्ली पहिलोपटक फाइनल पुग्दै इतिहास रच्ने लक्ष्यमा हुनेछ।

मुम्बईविरुद्ध समूह चरणको दुवै खेलमा दिल्ली पराजित भएको थियो। रोहित शर्माको कप्तानीमा रहेको मुम्बई जारी सिजन सबभन्दा बलियो टिम देखिएको छ। प्रतियोगितामा एक रूपको प्रदर्शन गर्ने एक मात्र टिम हो, मुम्बई। ठीकविपरीत पछिल्ला खेलमा पराजित भएपछि दिल्लीको प्लेअफ यात्रा धरमाराएको थियो।

तथापि अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग ६ विकेटको विजय हासिल गरेपछि दिल्लीले प्लेअफमा स्थान पक्का गरेको हो। त्यसैले श्रेयर ऐयरको कप्तानीमा रहेको दिल्लीलाई मुम्बईको चुनौती सहज हुनेछैन।

विगतको नतिजा पनि मुम्बईकै पक्षमा छ। आईपीएलमा २६ मध्ये १४ खेल मुम्बईले जितेको छ। बाँकी १२ खेलमा भने दिल्ली विजयी भएको छ।

प्लेअफमा दिल्लीको प्रदर्शन सम्झनलायक छैन। ठीकविपरीत मुम्बईले भने सबभन्दा धेरै चारपटक उपाधि उचालिसकेको छ। मुम्बई गत सिजन पनि चीर प्रतिद्वन्द्वी चेन्नई सुपर किंग्सलाई हराउँदै उपाधि जितेको थियो। दिल्ली भने दोस्रो क्वालिफायरमा चेन्नईसँग पराजित भएको थियो।

यद्यपि जारी सिजन प्रतियोगितामा धेरै अप्रत्यासित नतिजा निस्केका छन्। त्यसमा दिल्ली पनि एक हो। दिल्लीका शिखर धवन र अजिन्क्या रहाने लयमा छन्। धवनले जारी सिजन दुई शतक र दुई अर्धशतक बनाइसकेका छन्। त्यसैले दिल्लीले जति ठूलो स्कोरको लक्ष्य पनि पूरा गर्न सक्ने क्षमता राख्दछ। जसप्रित बुमराह र टे«न्ट बोल्टको धारिलो बलिङ दिल्लीका लागि टाउको दुखाइ बन्न सक्छ। मुम्बईले दुवै खेलाडीलाई सनराइजर्स हैदरावादविरुद्धको खेलमा आराम दिएको थियो।

दिल्लीको पनि तीव्र गतिका बलर रबडा उच्च लयमा छन्। २५ विकेट लिइसकेका रबडा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। त्यस्तै एनरिच नोट्जेले पनि १९ विकेट लिइसकेका छन्।

पिच रिपोर्ट

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पिच तीव्र गतिका बलरलाई सहयोगी मानिन्छ। सुरुका ओभरमा स्विङ हुने भएकाले तीव्र गतिका बलरलाई सहयोगी हुनेछ। त्यस्तै केही ओभरपछि यसमा स्पिनरले राम्रो गर्न सक्छन्। शीत पर्ने सम्भावना बढी हुने भएकाले टस जित्ने कप्तानले बलिङ रोजेर लक्ष्य पछ्याउन रुचाउनेछन्।

सामान्यतया यस मैदानमा १६० देखि १८० को बीचमा रन बन्छ।

सम्भावित टिम

मुम्बई – क्विन्टन डी कक (विकेटकिपर), रोहित शर्मा, इशान किशन, सुर्यकुमार यादव, क्रुनाल पाण्डेय, किरन पोलार्ड, हार्दिक पाण्डेय, जेम्स प्याटिन्सन, राहुल चहर, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह

दिल्ली – पृथ्वी श, शिखर धवन, अजिन्क्या रहाने, श्रेयर ऐयर (कप्तान), रिशब पन्त (विकेटकिपर), मार्कुस स्टोइनिस, अक्सर पटेल, रविचन्द्र आश्विन, ड्यानिस साम्स, एनरिच नोर्टजे र कागिसो रबाडा

"> इतिहास रच्ने लक्ष्यमा दिल्ली : यस्तो छ मुम्बई र दिल्लीको सम्भावित ११: Dekhapadhi
इतिहास रच्ने लक्ष्यमा दिल्ली : यस्तो छ मुम्बई र दिल्लीको सम्भावित ११
काठमाडौँ। इन्डियन प्रिमियर लिगको पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदै छन्। प्रतियोगितामा सबभन्दा सफल टिम मुम्बई छैटौँपटक फाइनल खेल्ने लक्ष्यमा छ भने दिल्ली पहिलोपटक फाइनल पुग्दै इतिहास रच्ने लक्ष्यमा हुनेछ।

मुम्बईविरुद्ध समूह चरणको दुवै खेलमा दिल्ली पराजित भएको थियो। रोहित शर्माको कप्तानीमा रहेको मुम्बई जारी सिजन सबभन्दा बलियो टिम देखिएको छ। प्रतियोगितामा एक रूपको प्रदर्शन गर्ने एक मात्र टिम हो, मुम्बई। ठीकविपरीत पछिल्ला खेलमा पराजित भएपछि दिल्लीको प्लेअफ यात्रा धरमाराएको थियो।

तथापि अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग ६ विकेटको विजय हासिल गरेपछि दिल्लीले प्लेअफमा स्थान पक्का गरेको हो। त्यसैले श्रेयर ऐयरको कप्तानीमा रहेको दिल्लीलाई मुम्बईको चुनौती सहज हुनेछैन।

विगतको नतिजा पनि मुम्बईकै पक्षमा छ। आईपीएलमा २६ मध्ये १४ खेल मुम्बईले जितेको छ। बाँकी १२ खेलमा भने दिल्ली विजयी भएको छ।

प्लेअफमा दिल्लीको प्रदर्शन सम्झनलायक छैन। ठीकविपरीत मुम्बईले भने सबभन्दा धेरै चारपटक उपाधि उचालिसकेको छ। मुम्बई गत सिजन पनि चीर प्रतिद्वन्द्वी चेन्नई सुपर किंग्सलाई हराउँदै उपाधि जितेको थियो। दिल्ली भने दोस्रो क्वालिफायरमा चेन्नईसँग पराजित भएको थियो।

यद्यपि जारी सिजन प्रतियोगितामा धेरै अप्रत्यासित नतिजा निस्केका छन्। त्यसमा दिल्ली पनि एक हो। दिल्लीका शिखर धवन र अजिन्क्या रहाने लयमा छन्। धवनले जारी सिजन दुई शतक र दुई अर्धशतक बनाइसकेका छन्। त्यसैले दिल्लीले जति ठूलो स्कोरको लक्ष्य पनि पूरा गर्न सक्ने क्षमता राख्दछ। जसप्रित बुमराह र टे«न्ट बोल्टको धारिलो बलिङ दिल्लीका लागि टाउको दुखाइ बन्न सक्छ। मुम्बईले दुवै खेलाडीलाई सनराइजर्स हैदरावादविरुद्धको खेलमा आराम दिएको थियो।

दिल्लीको पनि तीव्र गतिका बलर रबडा उच्च लयमा छन्। २५ विकेट लिइसकेका रबडा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। त्यस्तै एनरिच नोट्जेले पनि १९ विकेट लिइसकेका छन्।

पिच रिपोर्ट

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पिच तीव्र गतिका बलरलाई सहयोगी मानिन्छ। सुरुका ओभरमा स्विङ हुने भएकाले तीव्र गतिका बलरलाई सहयोगी हुनेछ। त्यस्तै केही ओभरपछि यसमा स्पिनरले राम्रो गर्न सक्छन्। शीत पर्ने सम्भावना बढी हुने भएकाले टस जित्ने कप्तानले बलिङ रोजेर लक्ष्य पछ्याउन रुचाउनेछन्।

सामान्यतया यस मैदानमा १६० देखि १८० को बीचमा रन बन्छ।

सम्भावित टिम

मुम्बई – क्विन्टन डी कक (विकेटकिपर), रोहित शर्मा, इशान किशन, सुर्यकुमार यादव, क्रुनाल पाण्डेय, किरन पोलार्ड, हार्दिक पाण्डेय, जेम्स प्याटिन्सन, राहुल चहर, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह

दिल्ली – पृथ्वी श, शिखर धवन, अजिन्क्या रहाने, श्रेयर ऐयर (कप्तान), रिशब पन्त (विकेटकिपर), मार्कुस स्टोइनिस, अक्सर पटेल, रविचन्द्र आश्विन, ड्यानिस साम्स, एनरिच नोर्टजे र कागिसो रबाडा

प्रतिक्रिया दिनुहोस्