काठमाडौं। सुरूमै लिएको अग्रता जोगाउन नसक्दा नौ खेलाडीमा सीमित बनेको पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगमा आरबी लाइपजिगसँग स्तब्ध बनेको छ। गत सिजनको उपविजेता पीएसजी लाइपजिगसँग २-१ ले पराजित भएको हो।
एन्जेल डी मारियाको गोलबाट भ्रमणकारी पीएसजीले छैटौं मिनेटमै अग्रता लिएको थियो। १६औं मिनेटमा डी मारियाले अग्रता दोब्बर बनाउने मौका गुमाए। अर्जेन्टिनाका फरवार्ड डी मारिया पेनाल्टीमा गोल गर्न चुकेपछि खेलले नयाँ मोड लियो।
पहिलो हाफ सकिन तीन मिनेट बाँकी हुँदा घरेलु टीमका क्रिस्टोफर एनकुनकुनले बराबरी गोल फर्काए। ५७औं मिनेटमा इमिल फोर्सबर्गले पेनाल्टीमा गरेको गोल लाइपजिगको जितमा निर्णायक बन्यो।
६९औं मिनेटमा इन्द्रिसा गना गुएले दोस्रो पहेंलो कार्डको सामना गरेपछि पीएसजी १० खेलाडीमा सीमित बनेको थियो। तर त्यसको फाइदा लाइपजिगले उठाउन भने सकेन। इन्जुरी समयमा प्रसनेल किम्पेम्बेले पनि दोस्रो पहेंलो कार्डको सामना गरेपछि पीएसजीले नौं खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

गत साता ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडसँग ५-० को लज्जास्पद हार बेहोरेको लाइपजिगलाई पीएसजीमाथिको जितले राहत मिलेको छ।
जितसँगै समूह ‘एच’ मा रहेको लाइपजिग दोस्रो स्थानमा छ। लाइपजिगको ६ अंक छ। समान ६ अंक भए पनि गोलअन्तरमा अघि रहेको युनाइटेड शीर्ष स्थानमा छ। युनाइटेड गएराति कमजोर मानिएको इस्तानबुल बासाकसेरसँग २-१ ले पराजित भएको थियो। तीन अंक जोडेको पीएसजी तेस्रो स्थानमा छ।
" /> काठमाडौं। सुरूमै लिएको अग्रता जोगाउन नसक्दा नौ खेलाडीमा सीमित बनेको पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगमा आरबी लाइपजिगसँग स्तब्ध बनेको छ। गत सिजनको उपविजेता पीएसजी लाइपजिगसँग २-१ ले पराजित भएको हो।एन्जेल डी मारियाको गोलबाट भ्रमणकारी पीएसजीले छैटौं मिनेटमै अग्रता लिएको थियो। १६औं मिनेटमा डी मारियाले अग्रता दोब्बर बनाउने मौका गुमाए। अर्जेन्टिनाका फरवार्ड डी मारिया पेनाल्टीमा गोल गर्न चुकेपछि खेलले नयाँ मोड लियो।

">