काठमाडौं। रक्षापंक्तिले गम्भीर गल्ती गरेपछि म्यानचेस्टर युनाइटेडले गएराति च्याम्पियन्स लिगमा इस्तानबुल बासाकसेरलाई २-१ को नतिजा सुम्पिएको छ।
१९९० मा स्थापना भएको बासाकसेरले गत सिजन पहिलोपटक टर्की सुपर लिगको उपाधि जितेको थियो। तर च्याम्पियन्स लिगको पहिलो दुई खेलमा बासाकसेरले गोल गर्न सकेको थिएन। पक्कै पनि बासाकसेरले युनाइटेडलाई सहजै पराजित गर्ने कल्पना गरेको थिएन।
तर युनाइटेडको रक्षापंक्तिले गरेको गम्भीर गल्तीमा बासाकसेरले दुई गोल गरेर तीन अंक जोड्न सफल भयो। इडिन भिस्काले दिएको लामो पासलाई चेल्सी तथा न्युक्यासल युनाइटेडका पूर्वफरवार्ड डेम्बा बाले मध्यभागमा पाएको बललाई नियन्त्रणमा लिएर गोल गरेका थिए।
१३औं मिनेटमा अग्रता लिएको बासाकसेरले ४०औं मिनेटमा अग्रता दोब्बर बनायो। दोस्रो गोलमा युनाइटेडका रक्षापंक्ति चुक्यो। हुवाँ माटाले बल राम्रोसँग नियन्त्रणमा राख्न नसक्दा डेनिज तुरूकले बल खेसेर दिएको पासलाई भिस्काले पोस्टको दिशा दिएका थिए।
त्यसको तीन मिनेट नबित्दै एन्थोनी मार्सियालले गरेको गोलबाट भ्रमणकारी युनाइटेडले पुनरागमनको प्रयास गरेको थियो। तर सफल भने हुन सकेन।
प्रिमियर लिगमा टोटेनह्यामसँग ६-१ को लज्जास्पद हार बेहोरेको युनाइटेडले त्यसपछि चार खेलमा अपराजित रह्यो। तीन खेल जितेको युनाइटेडले एक खेल बराबरी खेल्यो। तर पछिल्लो खेलमा चीर प्रतिद्वन्द्वी आर्सनलसँग १-० पराजित भएको युनाइटेडले गएराति इन्ताबुलमा अर्को नराम्रो हार बेहोर्यो। यो हारसँगै प्रशिक्षक ओले गनर सोल्सायरमाथि दबाब सिर्जना भएको छ।
हारका बाबजुद युनाइटेड समूह ‘एच’ को शीर्ष स्थानमा कायम छ। युनाइटेडको ६ अंक छ। समान ६ अंक जोडेको आरबी लाइपजिग दोस्रो स्थानमा छ। लाइपजिगले गएराति पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको थियो। समान तीन अंक जोेडेको पीएसजी र बासाकसेर क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
" /> काठमाडौं। रक्षापंक्तिले गम्भीर गल्ती गरेपछि म्यानचेस्टर युनाइटेडले गएराति च्याम्पियन्स लिगमा इस्तानबुल बासाकसेरलाई २-१ को नतिजा सुम्पिएको छ।१९९० मा स्थापना भएको बासाकसेरले गत सिजन पहिलोपटक टर्की सुपर लिगको उपाधि जितेको थियो। तर च्याम्पियन्स लिगको पहिलो दुई खेलमा बासाकसेरले गोल गर्न सकेको थिएन। पक्कै पनि बासाकसेरले युनाइटेडलाई सहजै पराजित गर्ने कल्पना गरेको थिएन।

">