काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर सदैव उपाधि दाबेदार टिम हो। भारतका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको बैंगलोरले अहिलेसम्म भने उपाधि जित्न सकेको छैन।
तीनपटक फाइनल खेलेको बैंगलोर दूईपटक तेस्रो स्थानमा रहेको छ। त्यसबाहेक अन्य सिजनमा भने बैंगलोरको यात्रा सम्झनलायक छैन। स्टार खेलाडीले भरिए पनि आईपीएलमा बैंगलोरले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन। यसपटक पनि बैंगलोरले प्लेअफमा स्थान बनायो तर बैंगलोरको प्लेअफ यात्रा सहज भने भएन।
अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भए पनि बैंगलोरले नेट रन रेटका आधारमा प्लेअफमा स्थान पक्का गरेको हो। सनराइजर्स हैदरावाद, बैंगलोर र कोलकाता नाइट राइडर्सको समान १४ अंक थियो तर नेट रन रेटका आधारमा हैदरावाद तेस्रो र बैंगलोरले चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएका हुन्।
पहिलो दशमध्ये सात खेल जितपछि बैंगलोर बलियो स्थितिमा थियो। तर पछिल्लो चार खेलमा लगातार पराजित भएपछि बैंगलोरको प्लेअफ सम्भावना कठिन बनेको हो। यद्यपि भाग्यमानी बैंगलोर नेट रन रेटमा अघि रहेर इलिमिनेटरमा स्थान बनाउन सफल भयो। दुईपटकको विजेता कोलकाता भने समूह चरणबाटै बाहिरियो।
बैंगलोरले अब क्वालिफायरमा स्थान बनाउन डेबिड वार्नरको हैदरावादसँग प्रतिस्पर्धा गर्नेछ। हैदरावाद पछिल्लो तीन खेलमा अपराजित रहेको छ। सन् २०१३ पछि बनेको हैदरावादले सन् २०१६ मा उपाधि जितेको थियो भने सन् २०१८ पनि फाइनल खेलेको थियो। समूह चरणमा हैदरावादविरुद्ध बैंगलोरले एक खेल जितेको छ भने एक खेल हारेको छ।
बैंगलोरले इलिमिनेटरमा हैदरावादलाई पराजित गरे चौथोपटक फाइनलमा स्थान बनाउनका लागि दिल्ली र मुम्बईबीच पराजित हुने टीमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
" /> काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर सदैव उपाधि दाबेदार टिम हो। भारतका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको बैंगलोरले अहिलेसम्म भने उपाधि जित्न सकेको छैन।तीनपटक फाइनल खेलेको बैंगलोर दूईपटक तेस्रो स्थानमा रहेको छ। त्यसबाहेक अन्य सिजनमा भने बैंगलोरको यात्रा सम्झनलायक छैन। स्टार खेलाडीले भरिए पनि आईपीएलमा बैंगलोरले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन। यसपटक पनि बैंगलोरले प्लेअफमा स्थान बनायो तर बैंगलोरको प्लेअफ यात्रा सहज भने भएन।

">