काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स कहिल्यौं पनि बलियो टीम भएन। प्रतियोगितामा दिल्लीको सबभन्दा राम्रो प्रदर्शन भनेको दुई पटक तेस्रो स्थान बनाउनु नै हो।
दुई पटक तेस्रो स्थानमा रहनुबाहेक दिल्लीले पहिलो दुई संस्करण सेमिफाइनल खेलेको थियो। त्यसबाहेक प्रतियोगितामा दिल्लीको यात्रा सम्झनलायक छैन। तर यसपटक दिल्लीले प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको थियो।
पहिलो खेलमा किंग्स–११ पञ्जाबलाई हराउन सुपर ओभरसम्म संघर्ष गरेको दिल्लीले प्लेअफमा स्थान बनाउन पनि अन्तिम खेलसम्म संघर्ष गनुपर्यो। पञ्जाबविरुद्धको पहिलो खेल निर्धारित ओभर बराबरीमा सकिएपछि दिल्लीले दुई अंक जोड्न सुपर ओभरको साहायता लिनु पर्यो।
त्यसपछि नवौं चरणको खेल सकिँदासम्म दिल्लीले शीर्ष स्थानमा मुम्बईलाई टक्कर दिएको थियो। दशौं खलमा पञ्जाबसँग पराजित भएपछि दिल्ली लगातार चार खेलमा पराजित भयो। त्यसपछि भने दिल्लीको प्लेअफ यात्रा धुमिलिएको थियो।
तर, प्लेअफको दाबेदारीमा रहेका पञ्जाब र कोलकाताले पछिल्लो खेलमा कमजोर प्रदर्शन गरेपछि दिल्लीको सम्भावना बढ्यो। अन्तिम खेलमा बैंगलोरलाई ६ विकेटले पराजित गरेपछि दिल्लीको दोस्रो स्थान पक्का भएको थियो। अन्तिम खेल नजितेको भए दिल्ली प्लेअफबाट बाहिरिने सम्भावना पनि उत्तिकै थियो। तर अन्तिम खेल जितेपछि दिल्लीले पहिलो क्वालिफायरमा स्थान बनायो।
दिल्लीले अब फाइनलमा स्थान बनाउनका लागि शीर्ष स्थानको मुम्बईसँग प्रतिस्पर्धा गर्नेछ। मुम्बईलाई पराजित गरे दिल्लीले पहिलो पटक फाइनलमा स्थान बनाउनेछ। जारी सिजन समूह चरणको दुबै खेलमा दिल्ली मुम्बईसँग पराजित भएको थियो। पहिलो खेलमा पाँच विकेटले पराजित भएको दिल्ली दोस्रो खेलमा ९ विकेटले पराजित भएको थियो।
पहिलो क्वालिफायरमा पराजित भए दिल्लीले फाइनलका लागि इलिमिनेटर खेल्ने हैदरावाद र बैंगलोरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दिल्ली हैदरावादसँग पनि दुबै खेलमा पराजित भएको थियो। बैंगलोरविरुद्ध भने दिल्लीले दुबै खेल जितेको थियो।
" /> काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स कहिल्यौं पनि बलियो टीम भएन। प्रतियोगितामा दिल्लीको सबभन्दा राम्रो प्रदर्शन भनेको दुई पटक तेस्रो स्थान बनाउनु नै हो।दुई पटक तेस्रो स्थानमा रहनुबाहेक दिल्लीले पहिलो दुई संस्करण सेमिफाइनल खेलेको थियो। त्यसबाहेक प्रतियोगितामा दिल्लीको यात्रा सम्झनलायक छैन। तर यसपटक दिल्लीले प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको थियो।

">