काठमाडौं। रोबर्ट लेवनडोवस्कीको दुई गोलप्रेरित बायर्नले यूईएफए च्याम्पियन्स लिगमा एफसी साल्जबर्गलाई ६-२ ले पराजित गरेको छ। जितसँगै जारी सिजन बायर्नले च्याम्पियन्स लिगमा सतप्रतिशत नतिजालाई कायमै राखेको छ।
घरेलु टीम साल्जबर्गले मेर्गिम बेरिसाको गोलबाट चौथो मिनेटमै अग्रता लिएको थियो। २१औं मिनेटमा लेवनडोवस्कीले पेनाल्टीमा बराबरी गोल फर्काए। पहिलो हाफको अन्तिम मिनेटमा रसमस क्रिस्टेनसेनले गरेको आत्मघातीबाट बायर्नले अग्रता लियो।
६५औं मिनेटमा साल्जबर्गले दुई खेलाडी परिवर्तन गर्याे। वैकल्पिक खेलाडी मसाया ओकुगावाले मैदान छिरेको एक मिनेटमै गरेको गोलमा साल्जबर्गले बराबरी गर्याे।
तर त्यसपछि साविक विजेता बायर्नको आक्रमणलाई साल्जबर्गका रक्षकले रोक्न सकेनन्। जेरोमी बेएटाङले ७९औं मिनेटमा गरेको गोलबाट बायर्नले पुनः अग्रता लियो। लिरोए सानेले ८३औं मिनेटमा चौथो गोल गरे।
लेवनडोवस्कीले ८८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। च्याम्पियन्स लिगमा लेवनडोवस्कीको यो ७०औं गोल हो। उनी धेरै गोल गर्नेमा चौथो स्थानमा छ। लेवनडोवस्कीभन्दा क्रिष्टियानो रोनाल्डो(१३०), लियोनल मेसी (११७) र राहुलले (७१) ले मात्र धेरै गोल गरेका छन्।
जारी सिजन लेवनडोवस्कीले बायर्नका लागि १० खेलमा १२ गोल गरिसकेका छन्। २०१४ मा बायर्नसँग अनुबन्ध भएका पोल्यान्ड फरवार्ड लेवनडोवस्कीले २९७ खेलमा २५७ गोल गरिसकेका छन्। उनले क्लब करिअरमा ४०० भन्दा धेरै गोल गरिसकेका छन्। अन्तर्राष्ट्रिय खेलमा भने लेवनडोवस्कीले ११४ खेलमा ६३ गोल गरिसकेका छन्।
गत सिजन लेवनडोवस्कीले बायर्नका लागि ५३ खेलमा ५९ गोल गरेका थिए। उनकै प्रेरणामा बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कपको तेहेरो उपाधि जितेको थियो। इन्जुरी समयमा लुकास हर्नान्डेजले अर्को गोल थपेपछि बायर्न फराकिलो जित निकाल्न सफल भयो।
च्याम्पियन्स लिगको समूह ‘ए’ मा रहेको बायर्नले सबै तीन खेलमा विजय हासिल गरेको छ। जितसँगै बायर्नले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग पाँच अंकको दूरी कायम गरेको छ।
चार अंकका साथ दोस्रो स्थानमा रहेको एट्लेटिकोले गएराति लोकोमोटिभ मस्कोसँग १-१ को बराबरी खेलेको थियो। लोकोमोटिभ दुई अंकका साथ तेस्रो स्थानमा छ। एक अंक जोडेको साल्जबर्ग समूहको पुछारमा छ।
बायर्नले २५ नोभेम्बरमा साल्जबर्गलाई घरेलु मैदानमा हराए समूहमा दुई खेल बाँकी छँदै अन्तिम १६ मा स्थान बनाउनेछ।
" /> काठमाडौं। रोबर्ट लेवनडोवस्कीको दुई गोलप्रेरित बायर्नले यूईएफए च्याम्पियन्स लिगमा एफसी साल्जबर्गलाई ६-२ ले पराजित गरेको छ। जितसँगै जारी सिजन बायर्नले च्याम्पियन्स लिगमा सतप्रतिशत नतिजालाई कायमै राखेको छ।घरेलु टीम साल्जबर्गले मेर्गिम बेरिसाको गोलबाट चौथो मिनेटमै अग्रता लिएको थियो। २१औं मिनेटमा लेवनडोवस्कीले पेनाल्टीमा बराबरी गोल फर्काए। पहिलो हाफको अन्तिम मिनेटमा रसमस क्रिस्टेनसेनले गरेको आत्मघातीबाट बायर्नले अग्रता लियो।

">