काठमाडौं। रोड्रिगोले अन्तिम समयमा गरेको गोलमा रियाल मड्रिडले गएराति च्याम्पियन्स लिगमा इन्टर मिलानमाथि ३-२ को विजय हासिल गरेको छ। जारी सिजन च्याम्पियन्स लिगमा रियालको यो पहिलो जित हो।
रियालले करिम बेन्जेमाको गोलबाट २५औं मिनेटमा अग्रता लिएको थियो। ३३औं मिनेटमा सर्जियो रामोसले अग्रता दोब्बर बनाएपछि रियालले सहजै जित्ने अनुमान गरिएको थियो।
तर त्यसको दुई मिनेट नबित्दै लाउटारो मार्टिनेजले गरेको गोलबाट भ्रमणकारी इन्टरले पुनरागमन गर्यो। ६८औं मिनेटमा इभान पेरिसिचले बराबरी गोल फर्काए।
खेल सकिन १० मिनेट बाँकी छँदा रियालका लागि रोड्रिगो नायक बने। रियालका रोड्रिगोले भिनिसियस जुनियरको पासमा गरेको गोल घरेलु टीम रियालको जितमा निर्णायक बन्यो।
रियालले इन्टरविरुद्ध घरेलु मैदानमा खेलेको आठमध्ये सात खेल जितेको छ। पछिल्लो ६ खेलमा इन्टर अपराजित थियो।
जितसँगै रियाल समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ। रियाल र साख्तर डोनेस्कको समान चार अंक छ। इन्टर दुई अंकका साथ अन्तिम स्थानमा छ। जर्मन बुन्डेसलिगाको बोरुसिया मोन्चेनग्लाडबच पाँच अंकका साथ शीर्ष स्थानमा छ।
गएराति नै सम्पन्न खेलमा मोन्चेनग्लाडबचले साख्तर डोनेस्कमाथि ६-० फराकिलो जित निकालेको थियो। मोन्चेनग्लाडबचका लागि एलासाने प्लेएले ह्याट्रिक गरे भने रामे बेन्सेबैनी र लार्स स्टिन्डलले एक एक गोल गरे। मोन्चेनग्लाडबचका लागि अर्को गोल भालेरी बोन्डरले आत्मघाती गोल उपहार दिएका थिए।
" /> काठमाडौं। रोड्रिगोले अन्तिम समयमा गरेको गोलमा रियाल मड्रिडले गएराति च्याम्पियन्स लिगमा इन्टर मिलानमाथि ३-२ को विजय हासिल गरेको छ। जारी सिजन च्याम्पियन्स लिगमा रियालको यो पहिलो जित हो।रियालले करिम बेन्जेमाको गोलबाट २५औं मिनेटमा अग्रता लिएको थियो। ३३औं मिनेटमा सर्जियो रामोसले अग्रता दोब्बर बनाएपछि रियालले सहजै जित्ने अनुमान गरिएको थियो।

">