काठमाडौं। इन्डियन प्रिमियर लिगको पहिलो चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई १५० रनको विजय लक्ष्य दिएको छ।
सारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रनको योगफल तयार गरेको हो।
मुम्बईका लागि केइरोन पोलार्डले सर्वाधिक ४१ रन बनाउँदा सूर्य कुमार यादवले ३६, इशान किशनले ३३ र क्विन्टन डी ककले २५ रनको योगदान गरे।
हैदराबादका लागि सन्दीप शर्माले सर्वाधिक ३ तथा जेसन होल्डर र सहबाज नदीमले २/२ तथा रशिद खानले १ विकेट लिए।
प्लेअफमा पुग्नका लागि सनराइजर्स हैदराबादलाई यो खेल जित्नै पर्ने चुनौती छ। मुम्बईसँगै दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर यसअघि नै प्लेअफमा पुगिसकेका छन्। अहिले १४ अंकसहित कोलाकाता चौथो स्थानमा छ। यसको मतलब आजको खेलमा हैदराबाद पराजित भए कोलकाता चौथो स्थानमा रहँदै प्लेअफमा पुग्नेछ।
तर, हैदराबादे जितेको खण्डमा नेट रनरेटका आधारमा कोलकातालाई उछिट्याउँदै हैदराबादले बाजी मार्न सक्छ।
" /> काठमाडौं। इन्डियन प्रिमियर लिगको पहिलो चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई १५० रनको विजय लक्ष्य दिएको छ।सारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रनको योगफल तयार गरेको हो।

">