काठमाडौं। इन्डियन प्रिमियर लिगमा अब समूह चरणको अन्तिम एक मात्र बाँकी छ। शारजाह क्रिकेट मैदानमा हुने अन्तिम खेलमा डेबिड वार्नरको हैदरावादलाई प्रतियोगितामा रहिरहन मुम्बई इन्डियन्सलाई हराउनुको विकल्प छैन।
गए राति दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान बनायो। मुम्बईले यसअघि नै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाइसकेको छ। हारका बाबजुद बैंगलोर नेट रन रेटका आधरमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा स्थान बनाइसकेको छ।
बैंगलोर र कोलकाता नाइट राइडर्सको समान १४ अंक छ। रनरेटका आधरमा कोलकाता चौथो स्थानमा छ। त्यसैले हैदरवादले मुम्बई इन्डियन्समाथि विजय हासिल गरे प्लेअफमा स्थान बनाउनेछ। हैदरावादको नेट रन रेट राम्रो भएकाले आज उसलाई जित काफी छ।
तर पराजित भए हैदरावादको प्लेअफ सम्भावना समाप्त हुनेछ। त्यसैले हैदरावादलाई जित्नुको विकल्प छैन। मुम्बईले यसअघि नै क्वालिफायरमा स्थान बनाइसकेका कारण हैदरावाद नै दबाबमा हुनेछ।
हैदरावादले यसअघि नै चोटका कारण तीव्र गतिका बलर भुवनेश्वर कुमार र मिचेल मार्शलाई गुमाइसकेको छ। अर्का अलराउन्डर विजय शंकरको फिटनेसले पनि हैदरावादलाई चिन्तित बनाएको छ। दिल्लीविरुद्धको खेलमा ह्यामस्ट्रिङ चोट लोगेपछि शंकरले बैंगलोरविरुद्धको खेल गुमाएका थिए। आइतबार उनको स्थानमा लेग आर्म स्पिनर अलराउन्डर अभिशेक शर्माले टीममा स्थान बनाएका थिए।
तर शीर्ष क्रममा ऋदिमन शाह र कप्तान वार्नर आफै पनि लयमा छन्। मध्यक्रममा केन विलियम्सन र जासोन होल्डरको लय भने हैदरावादको टाउको दुखाई बनेको छ। तथापी स्पिनर रशिद खानको स्पेलले जति बेला पनि खेल परिवर्तन गर्न सक्छ। रशिदले मुम्बईविरुद्धको सात खेलमा आठ विकेट लिइसकेका छन्।
मुम्बईले भने फेरी एकपटक हार्दिक पाण्डेयलाई आराम दिनसक्छ। उनी पछिल्लो समय ढाड दुखाइबाट गुज्रिएका छन्।
समूह चरणमै सम्पन्न पहिलो खेलमा हैदरावाद ३४ रनले पराजित भएको थियो। उक्त खेलमा डी ककले ६७ रन बनाउनुका साथै पाण्डेय दाजुभाइले आक्रमक ब्याटिङ गरेपछि मुम्बईले पाँच विकेट गुमाएर २०८ रन बनाएका थिए। वार्नरले ६० रन बनाएर पनि हैदरावादले विजयी नतिजा भने निकाल्न सकेन।
शारजाहमा सम्पन्न पछिल्लो पाँच खेलमा लक्ष्य पछ्याउने टीमले विजयी नतिजा निकालेको छ।
सम्भावित टिम
मुम्बई इन्डियन्स — इशान किशन (विकेटकिपर), क्विन्टन डी कक/क्रिस लेन, सुर्यकुमार यादव, सैरभ तिवारी, किरण पोलार्ड (कप्तान), क्रुनाल पाण्डेय, नाथन कोउल्टर–नेल, जयन्त यादव, राहुल चहर, ट्रेन्ट बोल्ट/मिचेल म्याक्लेनघन, जसप्रित बुमराह/धवल कुलकर्नी
सनराइजर्स हैदरावाद — डेबिन वार्नर (कप्तान), ऋदिमन शाह (विकेटकिपर), केन विलियम्सन, मनिष पाण्डेय, अब्दुल सामद, अभिशेक शर्मा, जसोन होल्डर, रशिद खान, शाहबाद नादीम/खालील अहमद, सन्दीप शर्मा, टी नटराज
" /> काठमाडौं। इन्डियन प्रिमियर लिगमा अब समूह चरणको अन्तिम एक मात्र बाँकी छ। शारजाह क्रिकेट मैदानमा हुने अन्तिम खेलमा डेबिड वार्नरको हैदरावादलाई प्रतियोगितामा रहिरहन मुम्बई इन्डियन्सलाई हराउनुको विकल्प छैन।गए राति दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान बनायो। मुम्बईले यसअघि नै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाइसकेको छ। हारका बाबजुद बैंगलोर नेट रन रेटका आधरमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा स्थान बनाइसकेको छ।

">