एजेन्सी। वेल्सका प्रशिक्षक तथा म्यानचेस्टर युनाइटेडका पूर्व महान् खेलाडी रायन गिग्स आफ्नी प्रेमिकामाथि आक्रमण गरेको आरोपमा सोमबार पक्राउ परेका छन्।
वेल्स फुटबल एसोसिएसनले एक विज्ञप्तिमा भनेको छ, "राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रायन गिग्समाथि लागेको आरोपप्रति वेल्स फुटबल एसोसिएसनको ध्यानाकर्षण भएको छ, तर एसोसिएसन अहिले थप केही प्रतिक्रिया जनाउन चाहँदैन।"
होहल्ला भएपछि आइतबार राति ४६ वर्षीया गिग्सको घरमा प्रहरी बोलाइएको द सनले बताएको छ।
द सनले म्यानचेस्टर प्रहरीलाई उद्धृत गर्दै भनेको छ, "प्रहरीलाई राति १०:०५ बजे गिग्सको घरमा होहल्ला भएपछि बोलाइएको थियो। र, एक अन्दाजी ३० वर्षीया महिला सामान्य घाइते पाइएकी थिइन्। त्यसपछि ४६ वर्षीया गिग्स शंकास्पद आक्रमण सेक्सन ४७ र सेक्सन ३९ अनुसार पक्राउ गरेका छन्।"
वेल्सले अमेरिकाविरुद्धको मैत्रीपूर्ण तथा नेसन्स लिगका खेलबारे मंगलबार बोलाएको पत्रकार सम्मेलन पनि स्थथित गरेको छ।
२०१८ यता वेल्सको प्रशिक्षकमा नियुक्त भएका गिग्सले म्यानचेस्टर युनाइटेडबाट खेल्दै १३ प्रिमियर लिग, दुई च्याम्पियन्स लिग, चार एपए कप र तीन लिगकप जितेका थिए।
उनले वेल्सबाट लागि ६४ क्याप जितेका थिए।
" /> एजेन्सी। वेल्सका प्रशिक्षक तथा म्यानचेस्टर युनाइटेडका पूर्व महान् खेलाडी रायन गिग्स आफ्नी प्रेमिकामाथि आक्रमण गरेको आरोपमा सोमबार पक्राउ परेका छन्।वेल्स फुटबल एसोसिएसनले एक विज्ञप्तिमा भनेको छ, "राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रायन गिग्समाथि लागेको आरोपप्रति वेल्स फुटबल एसोसिएसनको ध्यानाकर्षण भएको छ, तर एसोसिएसन अहिले थप केही प्रतिक्रिया जनाउन चाहँदैन।"

">