काठमाडौं। म्यानचेस्टरका सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले फरवार्ड सर्जियो अग्विरो नोभेम्बरको अन्तर्राष्ट्रिय खेल तालिकापछि टीममा उपलब्ध हुने विश्वास व्यक्त गरेका छन्।
३२ वर्षे अर्जेन्टिनाका फरवार्ड अग्विरो ह्यामस्ट्रिङका कारण मैदानबाहिर छन्। उनी अक्टोबरमा वेष्ट ह्यामविरुद्धको खेलमा घाइते भएका थिए। चोटका कारण उनले सिटीको पछिल्लो दुई खेल गुमाइसकेका छन्।
ग्वार्डिओलाले अग्विरो हतारमा नफर्किने बताएका छन्। अग्विरो यसअघि पनि चोटका कारण चार महिना मैदानबाहिर रहेका थिए। उनी आइतबार हुने लिभरपुलविरुद्धको खेलमा पनि उपलब्ध नहुने भएका छन्। त्यसअघि सिटीले च्याम्पियन्स लिगमा एफसी पोर्टोविरुद्ध अवे खेल खेल्नेछ।
‘‘अन्तर्राष्ट्रिय खेल तालिकापछि उनी फर्कने आशा छ,’’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘‘उनको चोटमा सुधार भएको छ। हतार गरेर हामी उनलाई फेरि गुमाउने पक्षमा छैनौं। तर उनको चोटमा उल्लेख्य सुधार भएको छ।’’
अग्विरोको स्थान लिने गाब्रियल जिसस पनि घाइते भएका थिए। तर उनी मंगलबार च्याम्पियन्स लिगमा ओलम्पिकोसविरुद्धको खेलका लागि अभ्यासमा फर्किएका छन्।
च्याम्पियन्स लिगको समूह ‘सी’ मा सिटी ६ अंकका साथ शीर्ष स्थानमा छ। समान तीन अंकको पोर्टो र ओलम्पिकोस क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्। मार्सेलेले अंक जोड्न सकेको छैन।
" /> काठमाडौं। म्यानचेस्टरका सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले फरवार्ड सर्जियो अग्विरो नोभेम्बरको अन्तर्राष्ट्रिय खेल तालिकापछि टीममा उपलब्ध हुने विश्वास व्यक्त गरेका छन्।३२ वर्षे अर्जेन्टिनाका फरवार्ड अग्विरो ह्यामस्ट्रिङका कारण मैदानबाहिर छन्। उनी अक्टोबरमा वेष्ट ह्यामविरुद्धको खेलमा घाइते भएका थिए। चोटका कारण उनले सिटीको पछिल्लो दुई खेल गुमाइसकेका छन्।

">