काठमाडौं। देभदत्त पडिक्कलको अर्धशतकप्रेरित रोयल च्यालेन्जर्स बेङ्ग्लोरले इन्डियन प्रिमियर लिगको समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्सलाई १५३ रनको विजयलक्ष्य दिएको छ।
अबुधावीस्थित शेख जाइद रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रनको योगफल तयार पार्यो।
बेङ्ग्लोरका लागि पडिक्कलले ४१ बलमा ५ चौकासहित ५० रन तथा एबी डी भिलियर्सले ३५ तथा कप्तान विराट कोहलीले २९ रनको योगदान गरे।
दिल्लीका लागि अनरिच नोर्ट्जेले सर्वाधिक तीन तथा कागिसो रवाडाले दुई र रवीचन्द्रन आश्विनले एक विकेट लिए।
यो खेलमा जित हासिल गर्ने टोलीले प्लेअफमा स्थान बनाउने छ भने पराजित टोलीले मुम्बई इन्डियन्स र हैदराबादबीच हुने खेलको नतिजा कुर्नु पर्नेछ।
" /> काठमाडौं। देभदत्त पडिक्कलको अर्धशतकप्रेरित रोयल च्यालेन्जर्स बेङ्ग्लोरले इन्डियन प्रिमियर लिगको समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्सलाई १५३ रनको विजयलक्ष्य दिएको छ।अबुधावीस्थित शेख जाइद रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रनको योगफल तयार पार्यो।

">