काठमाडौं। न्यक्यासल भ्रमणमा निस्केको एभर्टनले गएराति घरेलु टीमलाई २-१ को नतिजा सुम्पिएपछि इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
बर्नमाउथका पूर्व फरवार्ड कालुम विल्सनले गरेको दुई गोलमा न्युक्यासल युनाइटेडले घरेलु मैदानमा तीन अंक पक्का गरेको हो। विल्सनले ५६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै न्युक्यासललाई अग्रता दिएका थिए। उनले ८४औं मिनेटमा अग्रता दोब्बर बनाए।
इन्जुरी समयमा डोमिनक कालभर्ट–लेविनले गरेको गोल एभर्टनका लागि सान्त्वना बन्यो। हारसँगै कार्लो एन्सेलोट्टीको एभर्टनले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। सात खेलबाट १३ अंक जोडेको एभर्टन तेस्रो स्थानमा झरेको छ।
जुन शीर्ष स्थानको लिभरपुलभन्दा तीन तथा दोस्रो स्थानको टोटेनह्यामभन्दा एक अंकले पछाडि हो। चौथो स्थानमा रहेको साउथह्याम्पटन र पाँचौं स्थानमा रहेको उल्भरह्याम्पटनको पनि समान १३ अंक छ। न्युक्यासल भने ११ अंकका साथ ११औं स्थानमा छ।
साउथह्याम्पटनले गएराति एस्टन भिल्लालाई ४-३ ले पराजित गर्याे। जेम्स वार्ड-प्रोउजले दुई गोल गरेपछि भ्रमणकारी साउथह्याम्पटनले चार शून्यको अग्रता लिएको थियो। घरेलु टीम एल्टन भिल्लाले पुनरागमनको प्रयास गरेपछि अंक जोड्न भने सकेन।
साउथह्याम्पटनका लागि वार्ड–प्रोउजबाहेक जानिक भेस्टेरगार्ड र ड्यानी इङ्सले गोल गरे। एस्टन भिल्लाका लागि ट्रोनी मिङ्स, ओली वाटकिन्स र ज्याक ग्रेलिशले गोल गरे। हारपछि एस्टन भिल्ला १२ अंकका साथ सातौं स्थानमा रहेको छ।
" /> काठमाडौं। न्यक्यासल भ्रमणमा निस्केको एभर्टनले गएराति घरेलु टीमलाई २-१ को नतिजा सुम्पिएपछि इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।बर्नमाउथका पूर्व फरवार्ड कालुम विल्सनले गरेको दुई गोलमा न्युक्यासल युनाइटेडले घरेलु मैदानमा तीन अंक पक्का गरेको हो। विल्सनले ५६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै न्युक्यासललाई अग्रता दिएका थिए। उनले ८४औं मिनेटमा अग्रता दोब्बर बनाए।

">