काठमाडौं। पेट कुमिन्सको चार विकेट तथा इयान मोर्गानको अविजित ६८ रनप्रेरित कोलकाता नाइट राइडर्सले गएराति इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्समाथि ६० रनको महत्त्वपूर्ण विजय हासिल गरेको छ।
जितसँगै कोलकाताले प्लेअफमा स्थान बनाउने आशा जीवित राखेको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याएको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रन बनाएको थियो। १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।
जितसँगै १४ अंक जोडेको कोलकाता चौथो स्थानमा उक्लिएको छ। जुन पाँचौ स्थानमा रहेको सनराइजर्स हैदरावादको दुई अंक बढी हो।
कोलकाताको प्लेअफ पक्का हुनका लागि हैदरावाद र मुम्बई इन्डियन्सबीचको नतिजा कुनुपर्ने हुन्छ। हैदरावाद पराजित भए कोलकाताले प्लेअफमा स्थान बनाउँछ। हैदरावादले जितेमा कोलाकाले रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सको पनि नतिजा कुनुपर्ने हुन्छ।
मुम्बई शीर्ष स्थानमा रहेर यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ भने किंग्स–११ पञ्जाब, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स प्रतियोगिताबाट बाहिरिसकेका छन्।
काेलकाताका लागि मोर्गानले ३५ बलमा ६ छक्का र पाँच चौकासहित अविजित ६८ रन बनाए। उनीबाहेक राहुल त्रिपाठीले ३९, ओपनर शुबमन गिलले ३६, आन्द्र रसेलले २५ तथा कुमिन्सले १५ रन बनाए।
राजस्थानका राहुल टेवाटियाले तीन, कार्तिक त्यागीले दुई तथा श्रेयस गोपाल र जोर्फा आर्चरले समान एक/एक विकेट लिए।
कुमिन्सले ३४ रन दिएर चार विकेट लिएपछि राजस्थानका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। कुमिन्सबाहेक शिवम् माबी र बरुण चक्रवर्तीले समान दुई विकेट लिए भने कमलेश नगरकोटीले एक विकेट लिए।
राजस्थानका लागि जोश बट्लरले सबभन्दा धेरै ३५ रन बनाए। राहुल टेवाटिया ३१ र बेन स्टोक्सले १८ रन बनाउँदा गोपाल २३ रनमा अविजित रहे।
" /> काठमाडौं। पेट कुमिन्सको चार विकेट तथा इयान मोर्गानको अविजित ६८ रनप्रेरित कोलकाता नाइट राइडर्सले गएराति इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्समाथि ६० रनको महत्त्वपूर्ण विजय हासिल गरेको छ।जितसँगै कोलकाताले प्लेअफमा स्थान बनाउने आशा जीवित राखेको छ।

">