एजेन्सी। महेन्द्रसिंह धोनीको चेन्नई सुपर किङ्गसले इन्डियन प्रिमियर लिग (आइपिएल)को आफ्नो अन्तिम खेलमा किङ्गस ११ पञ्जाबबाट १५४ रनको लक्ष्य पाएको छ।
आजको खेल जितेर प्लेअफलाई छानिने सम्भावना जीवित राख्ने लक्ष्यसाथ मैदान उत्रिएको पञ्जाबले अबुधाबीको शेख जायेद रंगशालामा निर्धारित २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १५३ रन बनाएको थियो।
पञ्जाबको ब्याटिङमा एकरुपको उच्च प्रदर्शन गर्दै आएका कप्तान केएल राहुल २७ बलमा २९ रन बनाएर आउट भए पनि दीपक हुडाले अर्धसतकीय इनिङ खेल्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोरतर्फ डोर्याएका थिए।
हुडाले ३० बलामा ४ छक्का र ३ चौकासहित अविजित ६२ रन बनाए। कप्तान राहुलले ३ चौका र १ छक्का प्रहार गरेका थिए। कप्तानसँगै ओपनिङमा आएका मायंक अग्रवालले १५ बलमा ५ चौकासहित २६ रन जोडे।

पञ्जाबका लागि युनिभर्स बोस (क्रिस गेल)को प्रदर्शन पछिल्ला खेलको तुलनामा कमजोर रहयो। अघिल्लो खेलमा राजस्थान रोयल्सविरुद्ध ९९ रन बनाएका गेलले आज १९ बलमा १२ रनमात्र जोड्न सके। यसैगरी मन्दिप सिंहले १५ बलमा १ चौकासहित १४ रन बनाउनुवाहेक पञ्जाबको इनिङमा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
चन्नईका लुंगी एनगिडीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए भने इमरान ताहिर, रविन्द्र जडेजा र सार्दुल ठाकुरले एक/एक विकेट लिए।

अंकतालिकाको पुछारमा रहेको चेन्नई यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ। १२ अंक रहेको पञ्जाब भने आजको खेल जिते प्लेअफमा पुग्ने सम्भावना रहन्छ।
१८ अंकका साथ शीर्ष स्थानमा रहेको मुम्बई इन्डियन्सले शीर्ष दुईमा रहेर प्लेअफमा स्थान पक्का गरिसकेको छ। प्लेअफका लागि अन्य दाबेदारमा समान १४ अंकका साथ रोयल च्यालेन्जर्स बेङलोर र दिल्ली क्यापिटल्स तथा १२ अंकका साथ सनराइजर्स हैदराबाद, राजस्थान, र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धामा छन्।
" /> एजेन्सी। महेन्द्रसिंह धोनीको चेन्नई सुपर किङ्गसले इन्डियन प्रिमियर लिग (आइपिएल)को आफ्नो अन्तिम खेलमा किङ्गस ११ पञ्जाबबाट १५४ रनको लक्ष्य पाएको छ।आजको खेल जितेर प्लेअफलाई छानिने सम्भावना जीवित राख्ने लक्ष्यसाथ मैदान उत्रिएको पञ्जाबले अबुधाबीको शेख जायेद रंगशालामा निर्धारित २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १५३ रन बनाएको थियो।

">