काठमाडौं। दुई गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको इन्टर मिलान इटालियन सिरी ‘ए’ मा पर्मा काल्सियोसँग २–२ को बराबरीमा रोकिएको छ।
भ्रमणकारी पर्माले जर्भिन्होको गोलबाट ४६ औँ मिनेटमा अग्रता लिएको थियो। जर्भिन्होले ६२ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए। तर घरेलु टिम इन्टरले दुई गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको थियो।
६४ औँ मिनेटमा मार्सेलो ब्रोजोभिचले गरेको गोलमा इन्टरले अन्तर कम गरेको थियो। इन्जुरी समयमा इभान पेरिसिच बराबरी गोल फर्काए। बराबरीसँगै ६ खेलबाट ११ अंक जाडेको इन्टर पाँचौं स्थानमा छ। जुन शीर्ष स्थानको एसी मिलानभन्दा दुई अंकले पछाडी हो। मिलानले एक खेल कम खेलेको छ। दोस्रो स्थानको एटलान्टाले १२ अंक जोडेको छ।
एटलान्टाले गए राति क्रोटोनीलाई २–१ ले पराजित गरेको थियो। ६ खेल खेलेको एटलान्टाको यो चौथो जित हो। एटलान्टाले दुई खेल हारेको छ। अर्को खेलमा बोलोग्नाले काग्लीएरीलाई ३–२ ले पराजित गर्यो।
" /> काठमाडौं। दुई गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको इन्टर मिलान इटालियन सिरी ‘ए’ मा पर्मा काल्सियोसँग २–२ को बराबरीमा रोकिएको छ।भ्रमणकारी पर्माले जर्भिन्होको गोलबाट ४६ औँ मिनेटमा अग्रता लिएको थियो। जर्भिन्होले ६२ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए। तर घरेलु टिम इन्टरले दुई गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको थियो।

">