काठमाडौं। हाकिम जियाचले इङ्लिस प्रिमियर लिगमा पहिलो गोल गरेको दिन चेल्सीले बर्नलीमाथि ३–० को सहज विजय हासिल गरेको छ।
जियाचले एक गोल आफैले गरेका थिए भने अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए। भ्रमणकारी चेल्सीले २६औं मिनेटमा जियाचको गोलबाट अग्रता लिएको थियो। जियाचले टमी अब्राहमको पासमा गोल गरेका थिए।
रक्षक कोर्ट जोउमाले ६३औं मिनेटमा गरेको गोलबाट चेल्सीले अग्रता दोब्बर बनायो। जोउमाले मासन माउन्टको कर्नरमा गोल गरेका थिए।
मोरोक्कोका जियाचको पासमा टिमो वेर्नरले ७०औं मिनेटमा अर्को गोल थपेपछि चेल्सीले बर्नलीमा सहज जित निकालेको थियो। जियाचको प्रदर्शनबाट चेल्सी प्रशिक्षक फ्रांक लामपार्ड उत्साहित बनेका छन्।
‘‘उनको प्रदर्शनबाट म साच्चिकै प्रभावित भएको छु। उत्साहित छु। बल नहुँदा पनि उनको मिहिनेत देखिन्छ,’’ प्रशिक्षक लामपार्डले भने, ‘‘उनको क्षमताले टीमको प्रदर्शनमा फरक पारेको छ।’’
जितसँगै सात खेलबाट १२ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले पछाडी हो। ६ खेलबाट एक अंक जोडेको बर्नली पुछारमा छ।
" /> काठमाडौं। हाकिम जियाचले इङ्लिस प्रिमियर लिगमा पहिलो गोल गरेको दिन चेल्सीले बर्नलीमाथि ३–० को सहज विजय हासिल गरेको छ।जियाचले एक गोल आफैले गरेका थिए भने अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए। भ्रमणकारी चेल्सीले २६औं मिनेटमा जियाचको गोलबाट अग्रता लिएको थियो। जियाचले टमी अब्राहमको पासमा गोल गरेका थिए।

">