काठमाडौं। स्पेनिस महारथी बार्सिलोनाले गएराति ला लिगामा १० खेलाडीमा सीमित डेपोर्टिभो आलभेससँग बराबरीमा रोकिएको छ। बार्सिलोनाले लिगमा विजय हासिल गर्न नसकेको यो लगातार चौथो खेल हो।
अंक तालिकाको १५औं स्थानमा रहेर खेलेको घरेलु टीम आलभेसले ३१औं मिनेटमा अग्रता लिएको थियो। बार्सिलोनाका ब्राजिलियन गोलकिपर नेटोले गरेको गल्तीमा आलभेसका लुइस रियोजाले गोल गरेका थिए।
आलभेसका मिडफिल्डर जोटाले दोस्रो रातो कार्डको सामना गरेपछि घरेलु टीम ६२औं मिनेटपछि १० खेलाडीमा सीमित बनेको थियो। लगत्तै बार्सिलोनाका एन्टोइन ग्रिजमनले बराबरी गोल फर्काए।
१८औं जन्मोत्सव मनाइरहेको अंसु फातीको सशक्त प्रहारलाई आलभेसका गोलकिपर फर्नान्डो पाचोकोले उत्कृष्ट बचाउ गरिदिएका थिए। त्यस्तै ग्रिजमनले गरेको अर्को गोललाई रेफ्रीले मान्यता दिएनन्।
यूइएफए च्याम्पियन्स लिगमा सतप्रतिशत नतिजा निकालेको बार्सिलोना घरेलु लिगमा संघर्ष गरिरहेको छ। बार्सिलोना शीर्ष स्थानका रियाल मड्रिड भन्दा आठ अंकले पछि छ। बार्सिलोनाले पछिल्लो ६ खेलमा १० अंक गुमाइसकेको छ।
‘‘हामी तीन अंक जोड्न चाहन्थ्यौं। तर बराबरीमा रोकियौं। यसले हामीलाई आक्रोशित बनाएको छ। हामीले टीममा धेरै सुधार गर्नुपर्छ,’’ ग्रिजमनले भने, ‘‘हामीले धेरै अवसर गुमायौं। अरूले भन्दा म आफैंले धेरै मौका गुमाए। तर सिजनको सुरुआत मात्र भएको छ। विश्वास छ हामी राम्रो गर्दै जानेछौं।’’
" /> काठमाडौं। स्पेनिस महारथी बार्सिलोनाले गएराति ला लिगामा १० खेलाडीमा सीमित डेपोर्टिभो आलभेससँग बराबरीमा रोकिएको छ। बार्सिलोनाले लिगमा विजय हासिल गर्न नसकेको यो लगातार चौथो खेल हो।अंक तालिकाको १५औं स्थानमा रहेर खेलेको घरेलु टीम आलभेसले ३१औं मिनेटमा अग्रता लिएको थियो। बार्सिलोनाका ब्राजिलियन गोलकिपर नेटोले गरेको गल्तीमा आलभेसका लुइस रियोजाले गोल गरेका थिए।

">